coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

माटाेकाे ढिस्काेले पुरिएर महिलाको मृत्यु

राजविराज –तिहारका लागि घरआँगन लिपपोत गर्न माटो लिन गएकी एक महिलाको ढिस्कोले पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बेल्हीचपेना गाउँपालिका–४ बस्ने ४० वर्षीया हेमनीदेवी यादव रहेकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यादव घर नजिकैको गाउँमा माटो लिन गएको अवस्थामा माटोको ढिस्को खस्दा च्यापिएर मंगलबार साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको बताइएको छ ।
 

 

प्रकाशित: १ कार्तिक २०७४ ०६:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App