coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेपाल राष्ट्रसंघ मानवअधिकार परिषद्मा निर्वाचित

काठमाडौं– नेपाल संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित भएको छ । एसिया प्रशान्त क्षेत्रको सदस्यका रुपमा सबैभन्दा बढी मत ल्याएर नेपाल सदस्यमा निर्वाचित भएको हो ।

नेपालसँगै यस क्षेत्रबाट कतार, पाकिस्तान र अफगानिस्तान सदस्यमा निर्वाचित भएका छन् । न्युयोर्कमा सोमबार बिहान राष्ट्रसंघीय महासभामा भएको निर्वाचनमा नेपालले १ सय ६६ मत ल्याएको थियो । विभिन्न क्षेत्रबाट दुईवर्षे कार्यकालका लागि १५ राष्ट्र सदस्य छानिएका छन् । नेपालको कार्यकाल सन् २०१८ जनवरी १ बाट सुरु हुनेछ ।

सन् २००६ मा मानवअधिकार आयोगलाई प्रतिस्थापन गर्दै राष्ट्रसंघले आफ्नो मातहतको निकायका रुपमा परिषद् निर्माण गरेको हो । राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गा भट्टराईले नेपालको विजय आन्तरिक रुपमा विकास गरेको र अघि बढाएको शान्तिप्रक्रियाअन्तर्गत निर्मित संविधानमा मानवअधिकारको प्रत्याभूतिले सुनिश्चित गरेको बताएका छन्।

प्रकाशित: १ कार्तिक २०७४ ०३:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App