७ वैशाख २०८१ शुक्रबार
राजनीति

मन्त्रीको जिम्मेवारी हेरफेरप्रति एमालेको आपत्ति

काठमाडौं– नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीलाई जिम्ेमवारीविहीन बनाएकोमा गम्भीर आपत्ति जनाएको छ। एमाले स्थायी कमिटी बैठकले निर्वाचन आचारसंहिता लागू भइरहेको र समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवार मनोनयन भइरहेको अवस्थामा गरिएको जिम्मेवारी हेरफेरले आचारसंहिताको ठाडो उल्लंघन भएको ठहर गरेको छ।

‘निर्वाचन आचारसंहिता लागू भइसकेको र समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवार मनोनयन भइसकेको अवस्थामा मन्त्रिपरिषद् विस्तार गर्नु, कार्यविभाजन र विभाग हेरफेर गर्नु निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन भएको ठहर गर्दै बैठकले प्रधानमन्त्रीका यस्ता क्रियाकलापप्रति गम्भीर आपत्ति प्रकट गरेको छ,’ एमाले सचिव प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री देउवाले मंगलबार माओवादी केन्द्रका मन्त्रीहरूको जिम्मेवारी खोस्दै बिनाविभागीय बनाएका छन् । उनले सरकारमा भर्खर सहभागी भएका राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका मन्त्रीहरूलाई ती मन्त्रालयको जिम्मेवारी  दिएका छन् भने गृह र परराष्ट्रसहितका केही मन्त्रालय आफ्नै मातहतमा राखेका छन् ।

एमालेले मंसिर १० र २१ गते हुने चुनाव प्रभावित हुने गरी कुनै पनि कार्य स्वीकार्य नहुने जनाएको छ । बैठकले संविधानले तोकेको सयमसीमाभित्रै सबै तहका निर्वाचन सम्पन्न गर्नु संविधान कार्यान्वयनको मुख्य अभिभारा र सर्वाधिक महŒवको राष्ट्रिय कार्यभार भएको जनाएको छ।

 

 

प्रकाशित: १ कार्तिक २०७४ ०३:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App