coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कार्गो भाडा बढेपछि व्यवसायी आन्दोलित

सोलुखुम्बु – सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्बुमा ढुवानी सेवा दिदैं आएको श्री एयरलाईन्सले २० रुपैंया प्रतिकेजी शुल्क बढाएपछि व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । फाप्लु विमानस्थलवाट कार्गो उडान भर्दै आएको श्री एयरलाईन्सले ढुवानी भाडा बढाएपछि विरोध स्वरुप खुम्बुका व्यवसायीहरुले श्री एयरबाट ढुवानी नगर्ने घोषण गरेका छन् । लुक्ला प्रतिकेजी ७० रुपैंया र स्याङबोचे प्रतिकेजी ९० रुपैंयाले खाद्य तथा निर्माण सामाग्री ढुवानी गर्दै आएको श्री एयरको हेलिकप्टरको भाडा प्रतिकेजी २० रुपैंया बृद्धि गरिएपछि व्यवसायीहरु रुष्ट देखिएका छन् ।  

विना कारण ढुवानी भाडा बृद्धि गरेकाले आन्दोलनमा उत्रिएका जानकारी व्यवसायी तीर्थ भट्टराईले गराए । ‘श्री एयरले भाडा बृद्धिको चित्रबुझ्दो जवाफ  दिएको छैन् । व्यवसायीलाई लुट्ने र उपभोक्तालाई मारमा पार्ने षड्यन्त्र गरेपछिे फाप्लु विमानस्थलमा करौडौको सामाग्री अलपत्र अवस्थामा रहेको छ । तिहारअघि सामाग्री ढुवानी गर्न नसकिए लाखौ घाटा हुनेछ ।’

श्री एयरलाईन्सका कार्यकारी निर्देशक सुनिल बिष्टले ढुवानी बृद्धि सम्बन्धमा कुनै जानकारी नभएको बताए । ‘ढुवानी बृद्धिका बारेमा जानकारी आएको छैन्,’उनले भने । 
 

प्रकाशित: ३१ आश्विन २०७४ १४:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App