८ वैशाख २०८१ शनिबार
समाज

९ जना जुवाडे पक्राउ

म्याग्दी –बेनी नगरपालिका–९ गलेश्वरमा जुवा खेलिरहेको अवस्थामा ९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । जुवातास लक्षित अभियान अन्तर्गत गलेश्वरका दिपेन्द्र मगरको घरबाट ९ जनालाई जुवाखालबाट नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक सन्तोष रोकाले बताए । 
‘चुनाव र चाडपर्वसँगै जुवातास खेल्ने र खेलाउनेहरुलाई नियन्त्रणमा लिएर कारवाहीको प्रक्रिया अघि बढाएका छौं,’उनले भने । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिक आइरहेको अवस्थामा प्रहरीले बजार क्षेत्रमा निगरानी र गस्ती गरिरहेको छन् । पछिल्लो समय जुवातासमा संलग्नलाई कारवाही गर्न थालेपछि जुवाडेले दैनिक ठाउँ परिवर्तन गर्न थालेको प्रहरीले जनाएको छ । 

प्रकाशित: ३१ आश्विन २०७४ १४:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App