coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

तीन करोड बढीको औषधि बिक्री

काठमाडौं – सिंहदरबार वैद्यखाना विकास समितिले गत आर्थिक वर्षमा तीन करोडभन्दा बढीको औषधि बिक्री भएका छन् । समितिको १३ औंँ वार्षिकोत्सव एवम् राष्ट्रिय आरोग्य दिवसको अवसरमा मंलगबार आयोजित कार्यक्रममा समितिले सो जानकारी दिइएको हो । 
पाँच करोडको औषध बिक्री गर्ने लक्ष्य राखिएको भएपनि समितिले औषधिको उचित बजार व्यवस्थापन गर्न नसक्दा अपेक्षाकृत बिक्री गर्न नसकेको जनाएको छ । समितिका प्रबन्ध निर्देशक डा. राजेन्द्रकुमार गिरीले आयुर्वेद औषधिको गुणस्तर र कच्चा जडिबुटीको गुणस्तर परीक्षणको कार्य्विधि नभएकाले समस्या परेको उल्लेख गर्दै गुण्स्तरीय औषधिका लागि जडिबुटीको व्यवसायिक खेती आवश्यक भएको बताए । 

प्रकाशित: ३१ आश्विन २०७४ १४:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App