coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकारले माओवादी मन्त्रीलाई जिम्मेवारीबाट हटायो

काठमाडौं- शेरबहादुर देउवा नेतृत्वको सरकारले माओवादी केन्द्रका मन्त्रीहरुलाई जिम्मेवारीमुक्त गरेको छ। प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले माओवादी मन्त्रीहरुलाई जिम्मेवारीबाट हटाइएको जानकारी दिए।

माओवादी केन्द्रबाट ९ मन्त्री र ८ राज्यमन्त्री सरकारमा सहभागी थिए।

माओवादीले आजै सरकार छाड्ने भनेपनि पत्रकार सम्मेलनमा निर्वाचन आयोगबाट चुनाव सार्ने गोप्य सूचना पाएको भन्दै तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको गृहमन्त्री जनार्द्धन शर्माले बताएका थिए।

देउवा सरकारले यसअघि नै राप्रपाबाट चार मन्त्री पस्थापन गरेका थिए।

प्रकाशित: ३१ आश्विन २०७४ १२:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App