८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

सुन्दरतालाई औजार बनाएर जासुसी गर्ने महिला

पेरिस– करिब ५० हजार मानिसहरूको मृत्युका लागि दोषी ठहर गरिएकी  महिला जासुस ‘माता हारी’लाई फ्रान्सले मृत्युदण्ड दिइयो । उनी विश्व प्रख्यात सुन्दरी थिइन् । आफ्नो सुन्दरतालाई औजारका रूपमा लिई उनले फ्रान्स र जर्मनीका लागि जासुस गर्थिन् । 
उनी एक प्रख्यात नृत्यांगना पनि थिइन् । पहिलो विश्वयुद्धको समयमा उनले पेरिसमा गरेको नृत्य हेर्नका लागि सरकारी अधिकारी र सैनिक क्षेत्रका प्रख्यात व्यक्तिहरू आउने गर्थे । 
उनले यस समयमा सैनिक क्षेत्रका उच्चस्थ व्यक्तित्वहरूसँग प्रेमको नाटक गरेर एक देशको सूचना अर्काे देशलाई उपलब्ध गराएको अनुसन्धानबाट पत्ता लागेको छ । 
त्यतिबेला जर्मनीका राजकुमारहरूसँग उनको राम्रो सम्बन्ध थियो । उनले विवाह भने इन्डोनेसियामा गरेकी थिइन् । विवाहपश्चात् उनी नृत्य कलासँग आबद्ध भएकी थिइन् । 
प्रथम विश्वयुद्धको समयमा फ्रान्सले जर्मनीबारे कतिपय सूचनाहरू उनीबाटै पत्ता लगाएको थियो । यतिबेला उनले दोहोरो भूमिकामा काम गरिन् । उनले जर्मनीको सूचना फ्रान्सलाई र फ्रान्सको सूचना जर्मनीलाई दिएर रकम आर्जन गर्थिन् । 
उनले सरकारी महत्वपूर्ण सूचनाहरू जर्मनीलाई दिएको पत्ता लागेपछि फ्रान्स सरकारले सन् १९७१ मा नियन्त्रणमा लियो । फ्रान्सेली सेनाले पत्ता लगाएको विभिन्न प्रमाणहरूका आधारमा माता हारीलाई करिब ५० हजार मानिसहरूको मृत्युको जिम्मेवार ठहराइयो । 
सन् १९१७ सेप्टेम्बर १५ मा उनलाई फ्रान्स सरकारले गोली हानी हत्या गरेको थियो । त्यतिबेला उनी ४१ वर्षकी थिइन् । गोली हान्ने समयमा गोली हान्ने सैनिकलाई नै ‘हट किस’ दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख गरेका छन् । 

प्रकाशित: ३१ आश्विन २०७४ १०:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App