७ वैशाख २०८१ शुक्रबार
समाज

म्यादी प्रहरीमा दोब्बर अावेदन

पोखरा -  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्ला प्रहरी कार्यलय कास्कीले म्यादी प्रहरीको भर्ना खुलाएकामा दोब्बरभन्दा बढीको अावेदन दिएका छन् ।  सोमबार साँझसम्म दुई हजार ६४२ जनाले निवेदन दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए ।

'अन्तिम दिन सोमबार मात्रै ८४२ जनाले निवेदन दिएको र राति ९ बजेसम्म निवेदन दर्ता गरिएको थियो । मंसिर २१ गते हुने  रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एक हजार म्यादी प्रहरीकाे अावेदन खुला गरिएकाे थियाे । कात्तिक ५ गतेदेखि छनोटको प्रक्रिया सुरु गरिनेछ ।' अावेदन दिएकामध्ये दुई हजार १४७ पुरुष र ४९५ महिला छन् । निवेदन दिनेमा दशौँं कक्षा उत्तीर्णदेखि स्नातकोत्तर तह उत्तीर्ण गरेका पनि छन् । स्थानीय तहको निर्वाचनमा ९८८ म्यादी प्रहरी भर्ना गरिएको थियो ।

 

प्रकाशित: ३१ आश्विन २०७४ ०८:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App