८ वैशाख २०८१ शनिबार
समाज

बेपत्ता युवकको शव भेटियो

बागलुङ - घरबाट बेपत्ता भएका एक युवककाे शव भुँजीखोलामा फेला परेको छ । असोज ७ गते घरबाट बेपत्ता भएको ढोरपाटन नगरपालिका—१ बुर्तिबाङका २१ वर्षीय सुनिल कुँवरको शव मंगलबार भेटिएको हो । मानसिक अवस्था कमजाेर भएका कुँवर असोज ७ मा साँझ घरबाट निस्किएका आफन्तले जानकारी दिए ।

‘असोज ७ गते साँझ घरबाट भागेर हिँडेको भनेर परिवारले हामीलाई जानकारी गराएपछि हामीले खोजी गरिरहेका थियौं,’ ईलाका प्रहरी कार्यालय बुर्तिबाङको प्रमुख ईन्सपेक्टर कृष्ण रानाले भने,‘भुँजीखोला किनारमा शव सडेको अवस्थामा भेटिएको छ । परिवारले उसको शवलार्इ पहिचान गरेका छन् ।’ नदी किनारमा शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रकाशित: ३१ आश्विन २०७४ ०८:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App