७ वैशाख २०८१ शुक्रबार
समाज

डोटी बस ठोक्कींदा दुई जनाको मृत्यू, २४ जना घाईते

दुर्घटनाग्रस्त बस। तस्बिरः ताराप्रसाद अधिकारीको फेसबुकबाट

डोटी- भिमदत्त राजमार्ग अन्तर्गत डोटीको जोरायल गाउँपालिका–१ घोरणीमा दुई यात्रुबहाक बस एकआपसमा ठोक्किदा दुईजनाको घटनास्थलमै मृत्यू भएको छ। अन्य २४ जना घाईते भएका छन्। जसमध्ये १५ जनाको अवस्था गम्भीर छ।

डडेल्धुरा सदरमूकामबाट जोगबुडा जाँदै गरेको उग्रतारा यातायातको ना ४ ख ६८५६ र महेन्द्रनगरबाट बैतडी जाँदै गरेको महाकाली यातायातको ना ५ ख ६०८१ नम्बरका बसहरु मंगलबार दिउँसो १२ बजेतिर एकापसमा ठोक्किदा दुर्घटना भएको हो।

मृत्यू हुनेमा देहिमाण्डौ बैतडीकी ८० वर्षिया द्रोपती भण्डारी र परशुराम–७ जोगबुडाका १४ वर्षिय बिक्रम बोहरा रहेको घटनास्थलबाट प्रहरी चौकी गैराका ईन्चार्ज प्रहरी सहायक निरीक्षक गणेश बहादुर चन्दले जानकारी दिए । 

घाईतेहरु सबैको परिचय खुलिसकेको छैन् । उनीहरुमध्ये गम्भीर घाईते १५ जनालाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी रिफर गरिएको छ । बाकी सामान्य घाईतेहरुलाई उप–क्षेत्रीय अस्पताल डडेल्धुरा पठाईएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

दुबै गाडी तिब्र गतीमा गुडिरहेका कारण ठूलो क्षती भएको प्रहरी चौकी गैराका ईन्चार्ज चन्दले बताए । क्षतीग्रस्त बसहरु दुबै सडकमै अड्किएका छन् । दुर्घटनापछि राजमार्ग केही समयका लागि अबरुद्ध समेत बनेको छ। उद्धारपछि डोजरको सहायताले बसहरु हटाएर राजमार्ग सूचारु गर्ने प्रयास भैरहेको ईन्चार्ज चन्दले जानकारी दिए।

 

 

 

 

 

 

प्रकाशित: ३१ आश्विन २०७४ ०८:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App