coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘डिना’ केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महालक्ष्मी उपाध्याय ‘डिना’लाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । पार्टी सभापतिमा निर्वाचित भएपछि तेस्रो पटक केन्द्रीय सदस्य मनोनित गरेका देउवाले पूर्व केन्द्रीय सदस्य उपाध्यायलाई मात्र सदस्यमा मनोनित गरेका हुन्। मकवानपुरबाट राजनीतिमा सक्रिय उपाध्याय व्यवस्थापिका संसद् सदस्यसमेत छिन्।

१३औं महाधिवेशनमा खुला २५बाट केन्द्रीय सदस्यमा प्रतिष्पर्धा गरेकी उनी पराजित भइकी थिइन् । सभापतिले पार्टी विधानको २०१७ (संशोधन र परिमार्जन सहित मिलाइएको रुपमा) को धारा २१ अनुसार उनलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कांग्रेस विधानले सभापतिलाई २१ जना केन्द्रीय सदस्यमा मनोनयन गर्ने अधिकार दिएको छ ।

सोही अधिकार अनुसार देउवाले पहिलो चरणमा सभापतिका अन्य दुई प्रत्यासी रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलासहित सात जना र दोस्रो चरणमा तीन गरी दश नेतालाई केन्द्रीय सदस्य मनोनित गरेका थिए भने अझै दश जना मनोनित गर्न बाँकी छ ।

 

प्रकाशित: १६ श्रावण २०७३ ११:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App