४ वैशाख २०८१ मंगलबार
राजनीति

राप्रपाका संस्थापक पूर्वमन्त्री आचार्यको निधन

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक सदस्य एवं पूर्वमन्त्री रामकृष्ण आचार्यको मंगलबार बिहान निधन भएको छ । लामो समयदेखि फोक्सोको अर्बुदको उपचार गराइरहेका ८० वर्षीय आचार्यको महाराजगञ्ज कपनमार्गस्थित निवासमा निधन भएको हो ।

रसुवा जिल्लाबाट जनप्रतिनिधिका रुपमा उनले  राजनीति गरेका थियो । उनी स्थानीय विकास र विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यभार पनि सम्हालेका थियो । उनको पार्थिव शरीरलाई राप्रपाको पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिएकाे जानकारी राजाराम बर्तौलाले दिए । उनका दुई श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

 

प्रकाशित: ३१ आश्विन २०७४ ०६:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App