coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सुस्त विकास योजनालाई गति दिने प्रयास गरें: रविन्द्र अधिकारी

काठमाडौं- एमालेका युवा नेता रविन्द्र अधिकारीले सांसदको कार्यकाल सकेर जाँदै गर्दा आफ्ना उपलब्धीहरु सार्वजनिक गरेका छन्। मंगलबार पोखरामा उनले आफ्ना कामहरु सार्वजनिक गर्दै पार्दर्शी राजनीतिक आजको आवश्यकता भएको बताए।

उनले कास्कीको सांसदको हैसियतमा आफ्नो निर्वाचन क्षेत्र, जिल्ला र विकास समितिको सभापतिको हैसियतमा समग्र देशमा विकासका काममा जोड गरेको बताए। सँगसँगै आफ्नो दायित्व अनुसारै निर्वाचन क्षेत्र विकास कार्यक्रम र विशेष पूर्वाधार कार्यक्रम पारदर्शी बनाउने, अनुगमन गर्ने तथा त्यसमा अत्यधिक जनसहभागिता गराई देशभरिमै उत्कृष्ट कार्य गर्न सकेकोमा आफुलाई गर्व  भएको अधिकारीले बताएका छन्।

आफु विकास समितिको सभापति भएपछि सुस्तरुपमा रहेका विकास आयोजनालाई गति दिएको अधकारीले दावी गरेका छन्।  पोखरा अन्तर्राष्ट्रिय विमानस्थल त्यसैमध्येको एक उदाहरण भएको उनको भनाई छ।

सांसदको हैसियतले संसदमा उच्च माध्यमिक शिक्षा सुधार, विश्वविद्यालयको गुणस्तर, सार्वजनिक यातायात व्यवस्थापन,  फोहोरमैला व्यवस्थापन, पोखराको अर्मलामा परेको प्राकृतिक प्रकोपको सम्बन्धमा ध्यानाकर्षण, राष्ट्रिय गौरवका आयोजना पूर्वाधार विकास लगायतका सन्दर्भमा सार्वजनिक महत्वका प्रस्ताव दर्ता गराई छलफल गराएर राष्ट्रको ध्यान खिचेको बताएका छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ऋण सम्झौता लगायत सबै प्रक्रिया पूरा गरी अहिले निर्माण सुरु गराउन पहल कदमी लिनु अर्को महत्वपूर्ण उपलब्धि भएको उनको भनाई छ।

आफु विकास समितिको सभापति भएपछि सुस्तरुपमा रहेका विकास आयोजनालाई गति दिएको अधकारीले दावी गरेका छन्।  पोखरा अन्तर्राष्ट्रिय विमानस्थल त्यसैमध्येको एक उदाहरण भएको उनको भनाई छ।

'पोखराको खानेपानी शुद्धीकरण परियोजना अघि बढाउन होस् या यहाँको पर्यटकीय विकास र यातायात कनेक्टिभिटी गराउन र प्राकृतिक स्रोत साधनको संरक्षण अनि व्यवस्थित पोखराका लागि नीति निर्माण सहित शिक्षा स्वास्थ्य, सडक लगायत अन्य साना तिना विकास निर्माणका काममा हामीले निर्वाह गरेको भूमिका उल्लेख्य नै छन्' उनले आफ्नो कायर्यकालका उपलब्धी सार्वजनिक गर्दै भनेका छन्।  

काली गण्डकी करिडोर, बेनी जोमसोम कोरला सडक तीब्र गतिमा स्तरोन्नति भइरहेको अधिकारटीले बताए। 'भिमाददेखि कावासोती सडक निर्माण प्रक्रिया अगाडि बढेर ट्र्याक खुलिसकेको छ। यसले चीनको सिमाना कोरला नाकादेखि भारतको भैसालोटनलाई जोड्नेछ। यी प्रदेश नम्बर ४ को विकासका लागि सबै भन्दा ठूलो उपलब्धि हुन्', अधिकारीले भने। विकासका आयोजनाहरुलार्ई गति प्रदान गरेर विकासका मुद्दालाई राष्ट्रिय राजनीतिको केन्द्र भागमा ल्याउन सक्नु अधिकारीले उपलब्धि मानेका छन्।  

'आज कार्यकाल पूरा गरेर फर्कंदा मैले जे जे गरे त्यो सबै छर्लङ छ', उनले भनेका छन्, 'मेरो क्षमताले भ्याएसम्म इमान्दारी र निष्ठाका साथ कास्कीका जनता गौरवान्वित हुने गरी काम गरौं भन्ने प्रयत्न गरिरहें। आज यहाँहरु माझ आउँदा एउटा कुरा भने गर्वका भन्न चाहन्छु, मैले यी दुवै अवधिमा कास्कीका त्यसमा पनि मलाई मतदान गरेर विजयी बनाउनु हुने आदरणीय मतदाताको शिर झुक्ने खालको एउटा पनि काम गरेको छैन।' उनले निर्वाचन क्षेत्र विकास कार्यक्रमको कति रकम कुन योजनामा छुट्टाइयो भन्ने पनि कार्यक्रममा सार्वजनिक गरेका थिए।

 

प्रकाशित: ३१ आश्विन २०७४ ०६:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App