८ वैशाख २०८१ शनिबार
कला

सास्ती खेप्दै रुबीबाट फर्कियो ‘नीरफूल’

काठमाडौं– धादिङको रुबी भ्यालीमा दुई साता लामो छायांकन पछि फिल्म ‘नीरफूल’ युनिट काठमाडौं फर्केको छ। सात दिनको समय तालिका मिलाएर रुबी भ्याली पुगेको फिल्म युनिट खराब मौसमका कारण थप एक साता उतै बसेको थियो।
निर्देशक फूलमानले मौसमले खासै साथ नदिए पनि सम्पूर्ण कार्य सकाएर फर्किएको बताए । ‘रुबी भ्यालीको पाङसाङ पासमा हामीले भूकम्प जानुअघि र पछिको सेट नै निर्माण गरेका थियौं । यो काम अघिल्लो पटक सम्भव भएको थिएन,’ निर्देशक वलले भने, ‘निकै दुःख पाइयो । बिहान एघार बजेसम्म मात्रै हिमाल र आकाश खुल्थ्यो, त्यही भएर चार बजे नै उठेर सेटमा पुग्थ्यौं । एघार बजेपछिको फुर्सदमा चाहि“ धेरैजसो साथीहरू रुबी र क्रिस्टल खोज्न डा“डाका“डा चढ्थे ।’
समुद्री सतहबाट ३८ सय मिटरको उचाइमा रहेको पाङसाङ पासमुनिको हिउ“मा ६ महिना अघि एक ताइवानी जोडी फसेको थियो र ४७ दिनपछि प्रेमिका मरेको अवस्थामा उनको उद्धार भएको थियो ।
भूकम्पका कारण विछोड खेप्नु परेको एक परिवारका सदस्यले पुर्नमिलनका लागि गरेको संघर्षमा आधारित फिल्म खिच्न फिल्म युनिट गत साउनमा पनि त्यहाँ पुगेको थियो । निर्देशक वलका अनुसार निरन्तर वर्षा र हुस्सुपछि सात दिन छायांकन गरेर टोली काठमाडौं फर्किएको हो । फिल्मको टोली दशैंको टिकाको भोलिपल्ट रुबी भ्याली गएको थियो ।
फिल्ममा नायक दयाहाङ राई भेडा गोठालोको भूमिकामा छन् । भदौ अन्तिमपछि भेडाहरूको उधौली सुरु हुने भएकाले सुटिङको लागि रुबी भ्याली पुग्दा भेडाहरु तल गाउ“तिर झरिसकेको निर्देशक वलले बताए । ‘तल झरेपछि भेडाहरूलाई माथि ल्याउन निकै मुस्किल प¥यो,’ उनले भने, ‘७ जना मान्छे लाएर तिप्लिङ गाउ“बाट भेडा त ल्यायौं । तर एकदिनको बाटोमा भेडाले तीन दिन लगाइदियो ।’
भरिया र खच्चडमा भर पर्नुपर्ने भएकोले उपभोग्य सामाग्री अत्याधिक महंगो रहेको वलले जनाए । ‘सरकारले पर्यटन क्षेत्र घोषणा गरेको भए पनि प्रबद्र्धनका लागि रुबी भ्यालीमा केही पहलकदमी भएको पाइएन,’ उनले भने ।
फिल्मले रुबी भ्यालीकै एक परिवारको कथा समातेको छ । रुबी भ्यालीकै जीवनशैली, संस्कृति र विषयबस्तु पहिलोपटक फिल्ममा आउन लागेको पनि उनले दावी गरे । नेपाल–म्यानमार फ्रेण्डसीप काउन्सिल र अमेरिकास्थित ग्रीनतारा इन्टरटेनमेन्टसितको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरिरहेको ‘नीरफूल’मा दयाहाङ राई, रेखा थापा, शान्ति वाइवा, जिग्मे छ्योइकी घिसिङ, पुष्कर गुरुङ, सरोज अर्याल, सरिता गिरी, बुद्धि तामाङ, राजन खतिवडा, मानस राज, सुरेश चन्द, रोशन फ्युबा लगायतको अभिनय छ ।
फिल्मको कार्यकारी निर्माता डोमा सोनाम रहेकी छन् भने कतारबाट माया केसी, बेलायतबाट दीपक श्रेष्ठ, जापानबाट उदय लामा, इजरायलबाट चन्द्रमाया तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर, नेपालबाट अशोक थापा निर्माता रहेका छन् । सचिन घिमिरे र निर्देशक वलकै पटकथा रहेको फिल्मको छायांकन प्रमोद कार्कीले गरिरहेका छन् भने संगीत अर्जुन पोखरेलको छ ।
निर्देशक वलले यसअघि छोटो फिल्म ‘सेलफोन’ निर्देशन गरेका थिए । यो छोटो फिल्मले नेपाल, चीन, अमेरिका, भारत, बंगलादेश, क्यानडा लगायत विभिन्न मुलुकका अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा छनौट र प्रदर्शन हुनुका साथै अवार्ड पनि पाएको थियो ।

प्रकाशित: ३१ आश्विन २०७४ ०५:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App