ध्रुवीकरण: ठीक कि बेठीक ?

मङ्गलबार, ३१ असोज २०७४, ११ : २५ पुरञ्जन आचार्य

‘कहुँ तो माँ मर जाए, ना कहुँ तो बाप कुत्ता खाए ।’

नेपालको तराईमा मधेसीबीच प्रचलित यो लोक कहावत यतिखेर नेपालको गठबन्धन राजनीतिसँग मिल्दोजुल्दो छ। नेपालको संवैधानिक जटिलताका कारण माथिको उक्ति स्मरण गरिएको होइन । पार्टी नेताहरूलाई समावेशी उम्मेदवारको सूची बनाउने कार्य झन्झटिलो र गणितीय भएर दिकदारी प्रकट गरेको हेर्न र सुन्न पाइन्छ । तर सबै पार्टीमा यस्ता जटिलता फुकाउने चित्रगुप्तहरू असंख्य छन् । नेताहरू यसै पनि सधैँ चित्रगुप्तहरूबाट घेरिएर बस्छन् नेपालमा र कहाँ कसको अकाल राजनीतिक हत्या गर्ने हुन् विचरा कार्यकर्ता यमलोक पुगेपछि मात्र थाहा पाउँछन् । देशको राजनीतिमा वामपन्थीले सुरु गरेका गठबन्धनलाई पार्टीका इमान्दार कार्यकर्ताले माथिका उक्ति सम्झेर चित्त बुझाउँदा हुन्छ ।   

सर्वप्रथम मधेसमा प्रचलित माथिको उक्ति किन र कसरी बन्यो भनी जान्न जरुरी छ । हिजोआज कैयन् उक्ति जनजीवनमा प्रचलित भए पनि त्यसको परिवेश, पृष्ठभूमि र सन्देसबारे कमै जानकारी हुने गरेको छ र श्राद्ध गर्दा कालो बिरालो बाँध्ने गण्डक प्रदेशको प्रचलनझैँ बनेर जाने खतरा छ । तसर्थ गठबन्धन राजनीतिसँग मिल्दो तराईको यो रोचक कथा एकपल्ट पढौँ ।  

सुनेअनुसार तराईको कुनै गाउँमा एकजना पहलमान टाइपका घरमूली आफ्नी श्रीमती र छोरासँग बस्थे । घरमूली कामधाम केही गर्दैनथे तर उनलाई सधैँ मासुभात खानुपथ्र्यो । यसरी मासुभात खान नपाउँदा पहलमान श्रीमान् आफ्नी श्रीमतीलाई भकुर्थे निर्ममपूर्वक । एकदिनको कुरा हो, घरमा मासु केही गरी पनि भएन अर्थ अभावले । पहलमानकी श्रीमतीले बाटोको कुकुर समातेर त्यसैलाई काटी पकाइछिन् । छोरो आमाको यो बाध्यता देखिरहेको हुन्छ । भान्छामा पहलमान बाउ मासुभात खान थाल्छ र भन्छ– ‘आज मासुको स्वाद अलि फरक छ किन ?’ अनि छोरो ‘कहुँ त माँ मर जाए, ना कहुँ तो बाप कुत्ता खाए’ भन्दै टाउकोमा हात राख्छ ।

नेकपा एमाले र माओवादी केन्द्रबीच सहमति भएको ६०ः४० को सिट गठबन्धत कामै नगरी सधँै मासुभात खाने पहलमानी बाउको जस्तो देखिन्छ माओवादी केन्द्रको । कांग्रेससँग गठबन्धनमा आउनेहरूको स्थिति पनि काम नगरी मासुभातमात्र खानेभन्दा फरक छैन । एमाले कांग्रेससँगको रिस र सत्तामा पुग्ने लालचले आफ्ना कार्यकर्तालाई मात्र होइन, समर्थकहरूसमेतलाई पहलमानको छोरोले झैँ टाउकोमा हात राख्न विवश पार्दैछ यतिखेर । गठबन्धन गर्दाको सोच, दूरदृष्टि र विश्वास ठीक नहुँदा हुने भयाबह परिणाम बुझ्न भारतमा भारतीय राष्ट्रिय कांग्रेसको इतिहास एकपल्ट पल्टाए हुन्छ ।  

नेपालको राजनीतिक इतिहासमा सधैँ फुटिरहने पहिचान बनाएका कम्युनिस्टहरू यतिखेर जुट्दा देश तरंगित भने निसन्देह भएको छ र जसरी २०६२–६३ को आन्दोलनले नेपालको नयाँ राजनीतिक नक्सा निर्माण ग¥यो, यो गठबन्धन केही अंशमात्र पनि इमान्दारिताका साथ अगाडि बढेमा नेपाली जनता र देशको भने कुभलो नहोला । तर मासु नभई भात खानै नबस्ने नेपालका केही कम्युनिस्टले गठबन्धनमा इमान्दारिता गर्लान् र भन्ने प्रश्नचाहिँ जीवन्त छ । वाम गठबन्धनको परिणाम भावी निर्वाचनपछि जनसमक्ष आउने नै छ तर यसले अहिले नै राष्ट्रिय र अन्तराष्ट्रिय आयाममा पारेको प्रभावबारे संक्षिप्त चर्चा गर्नु श्रेयष्कर होला ।

वाम गठबन्धनको औचित्य 

नेपालका कम्युनिस्टहरूको लोकतन्त्रप्रतिको निष्ठाबारे सधँै प्रश्न उठ्ने गर्छ । यस्तो प्रश्न गर्नुपर्ने अनेकन् व्यवहार देखाएका छन् र भूमिका पनि खेलेका छन् नेपालका कम्युनिस्टले । चार दशकअगाडि भएको बहुदल र निर्दल छनोट प्रक्रियामा प्रमुख वाम शक्तिले बहुदलीय व्यवस्थाविरुद्ध आफूलाई उभ्यायो । बिपी कोइरालाविरुद्ध सबै शक्ति खर्चेर तत्कालीन निरंकुश व्यवस्थालाई संरक्षण ग¥यो । रुसमा तीन दशकअगाडि बोरिस येल्सिनको नेतृत्वमा भएको लोकतान्त्रिक क्रान्तिविरुद्ध कम्युनिस्ट नेताहरूले प्रतिक्रान्ति गर्दा शालीन र अत्यन्त भलाद्मी कम्युनिस्ट नेता भनी चिनिएका मनमोहन अधिकारीले सार्वजनिक प्रशन्नता व्यक्त गरे । नेपालमै संविधानसभाबाट संविधान निर्माण गर्ने क्रममा बहुलवादलाई ‘रिजेक्ट’ गर्न कम्युनिस्टहरू अग्रसर भए । अहिले भएको वाम गठबन्धन निर्माणका क्रममा ‘समाजवादउन्मुख’ देश निर्माण गर्ने उद्घोष मात्र गर्दा गठबन्धनसँग आत्तिनुपर्ने थिएन तर साम्यवादतिरको यात्रा भनी यो गठबन्धनले लोकतन्त्रप्रेमीहरूलाई तर्साउने काम भने पक्कै गरेको छ ।

वाम गठबन्धन नेपाली समाज रूपान्तरणको सकारात्मक पाटो हुनसक्छ भन्दाभन्दै पनि यो गठबन्धनको लोकतन्त्रप्रतिको निष्ठाप्रति शंका रहुन्जेल नेपाल निसन्देह वैचारिक द्वन्द्वमा जान बाध्य हुन्छ । र, यसले वैचारिक द्वन्द्व निम्त्याउँदा त्यसको आयाम नेपालको सीमापारि पुगी अन्तराष्ट्रिय रूप लिन सक्ने खतरा पनि छ ।  नेकपा एमाले धेरैवटा निर्वाचन लडेर आएको हुनाले यो पार्टीले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा लोकतान्त्रिक छवि निर्माण गर्दै थियो तर माओवादी केन्द्रसँग भएको एकतापछि त्यसमा ‘ब्याक गियर’ भने पक्कै लागेको छ र त्यस्तो गियर लाग्दैन भनी एमाले नेता खड्ग ओलीले अहिले प्रस्टीकरण दिन थालेका छन् । यस्तो प्रस्टीकरणबाट अब अध्यक्ष ओली निरन्तर नेपाली जनताबीच प्रस्तुत हुनपर्ने परिस्थिति आयो । 

वाम गठबन्धनलाई चीनको डिजाइन भन्नेहरूको कमी छैन नेपालमा । अब नेपालको राजनीतिक व्यवस्थापनमा भारतमात्रको चाख रहेन । चीन पनि सक्रिय इच्छुक शक्ति हो भनी यतिखेर व्यापकै चर्चा छ । राजनीतिका कन्सपिरिसी सिद्धान्तहरू विगतमा राजधानीका इलिटहरूमा सीमित हुन्थ्यो । अहिले यस्तो बहस देशभरका चियापसल, पानपसल हुँदै पत्रिका पसलसम्म चल्ने गर्छ । आर्थिक समृद्धिले चीनलाई विश्वशक्ति राष्ट्र भनी मात्र चिनिँदैन, विश्व व्यवस्थापनको नेतृत्वकर्ता यही राष्ट्र हुन्छ भनी पश्चिमाहरूसमेत यतिखेर अड्कल काट्न थालेका छन् । तर पनि चीनको राज्यशक्ति अझै बन्दुककै भरमा निर्माण हुन्छ । र, त्यहाँ लोकतान्त्रिक र उत्तरदायी शासन प्रणाली छैन । यही र यिनै जस्ता थुप्रै कारणले अहिले वाम गठबन्धनको लोकतान्त्रिक निष्ठाप्रति नेपालमा एउटा पक्षबाट शंका उठेको छ । वास्तवमा रुस र चीनले समावेशी उदार लोकतन्त्रलाई चुनौती दिइरहेका वर्तमान विश्व परिवेशमा हाम्रो जस्तो असफल राष्ट्रतर्फ अगाडि बढेको नेपालको लोकतन्त्रमा नेपाली कांग्रेसले फेरि वैचारिक भूमिबाट प्रस्तुत हुनुपरेको छ । 

वाम गठबन्धनको भविष्य के हुने हो अहिले अनुमान गर्न गाह«ो छ । तर नेपालको राजनीति फेरि एकपटक मज्जाले धु्रवीकृत हुँदैछ । चार दशकअगाडि निर्दल र बहुदलमा ध्रुवीकृत भएको नेपाल, तीन दशकअगाडि कांग्रेस र कम्युनिस्टमा ध्रुवीकृत भएको नेपाल र बीचमा विभिन्न जातिबीच ध्रुवीकृत भएको नेपाल पुनः एकपटक वाम र काङमा ध्रवीकृत हुने निश्चित छ । र, राजनीतिको यो धु्रवीकरणले आमनेपाली जनतालाई मतदान गर्नका लागि साँघुरो र सीमित विकल्पमात्र दिने वातावरण बन्दैछ भावी निर्वाचनमा । जब दलबीच ध्रुवीकरण हुन्छ त्यसको प्रारम्भिक असर नागरिकले गर्ने मतदानमा पर्छ भने दीर्घकालीन असर राज्यको नीति निर्माण र समग्र राष्ट्रिय चरित्रमा पर्छ । धुवीकृत राजनीतिले भाषा, शैली र सोचमात्र फरक पार्दैन, हाम्रा प्रतिनिधि छनोट प्राथमिकतामा पनि यससको असर पर्छ र उलटपुलट नै हुन्छ । वास्तवमा नेपालको राजनीतिमा कांग्रेस र कम्युनिस्ट मिलेर जाने साझा मुद्दा विगतमा प्रशस्त थिए र ती सबै मुद्दा समाप्त भएर गएको अनुभूति यो धु्रवीकरणले देखायो ।  

नेपाली कांग्रेस र यसको छेउछाउ मडारिने विभिन्न राजनीतिक दलहरू वाम गठबन्धनको झट्काबाट अहिले केही तंग्रिएका छन् । सम्भवतः भारत पनि नेपालको संविधानलाई स्वागत नगरी बसेको ‘कोमा अवस्थाबाट’ ब्युँझिएको हुनुपर्छ । चीनको सर्वकालीन सोच ‘देशको सरकारलाई समर्थन र सहयोग’ त्याग्ने नीति लियो भनी नेपालमा भनिन्छ र चीनको प्राथमिकतामा नेपालका कम्युनिस्ट पार्टीहरूको एकतालाई प्रमुख कार्यसूची बनाउने आवश्यकता ठान्यो भनी अड्कलवाजी गरिँदैछ । अनि नेपालका यिनै घटना÷परिघटनाका कारण भारत कोमाबाट बाहिर आएर यतिखेर छट्पटिएको अनुमान पनि गरिँदैछ राजधानीमा । अमेरिकालगायत पश्चिमाहरूको भूमिका नेपालको राज्यसत्ताभित्रको प्रत्येक क्षेत्रमा छ । नेपालको कर्मचारीतन्त्र, सुरक्षा निकाय, न्यायालय, नागरिक समाजलगायत यावत् संस्था पश्चिमा पैसाबाट चलायमान छन् । यसर्थ, वाम गठबन्धनले चाहेर पनि नचाहेर पनि नेपालको राजनीतिमा अन्तराष्ट्रिय खेलाडीहरूको क्रियाशीलता बढाउन ठूलै मद्दत ग¥यो ।

नेपालका राजनीतिक दल र तिनका नेताहरूको राष्ट्रिय÷अन्तराष्ट्रिय  विश्वसनीयता स्खलित छ । यतिखेर देशमा कुनै पनि नैतिक शक्तिसहितको नेता छैन । नेपालको राजनीतिमा ध्रुवीकरण गर्न गणेशमान सिंह जस्तो नेता विगतमा निस्केका हुन् । गणेशमानको अभावमा कांग्रेस र कम्युनिस्ट एकता सम्भव थिएन । वाममोर्चाको एकतामा पनि मनमोहन अधिकारी जस्ता शालीन र त्यागी नेता थिए । कम्युनिस्ट विरोधी छवि त्याग्दै राजाको निरंकुशताविरुद्ध जनयुद्ध गरेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गिरिजाप्रसादले आफँैसँग, आफ्नो परिवार र पार्टीसँग कैयन् मोर्चामा युद्ध लडे । यतिखेर राजनीतिको ध्रुवीकरणलाई नेपाली जनता देश हितको पक्षमा पार्न कांग्रेस र कम्युनिस्ट पार्टीमा नेतृत्वको अभाव देखिन्छ । समान विचारका दलहरू मिलेर अगाडि बढ्ने र देश र समाज रूपान्तरणका लागि सोच्नु अन्यथा मानिँदैन । तर सत्ताको सुखभोग टाढिएको  झोकमा गरिएको  वाम एकता आफ्नै कार्यकर्ता र समर्थकहरूका लागि मधेसमा प्रचलित माथिको उखानझँै हुन पुग्छ ।

अन्तमा, वाम एकता र एकीकरणले नेपालको सिर्जनात्मक र समृद्धिको मार्ग निर्देशन गरोस् भनी कामना गर्न सकिन्छ । विश्व इतिहासले सिकाएको पाठचाहिँ के हो भने शक्तिशाली कम्युनिस्ट पार्टीले व्यक्तिको स्वतन्त्रता र राष्ट्रको अखण्डता राख्न सक्तैन । बहुलवाद सम्बोधन गर्न गाह«ो मान्छ ।  यिनै विश्व इतिहासले सिकाएको पाठ नेपालका कम्युनिस्टहरूले ग्रहण गरेका छन् कि छैनन् नेपाली जनताले हेर्न र भोग्न अझै केही समय कुर्नुपर्नेछ । अहिलेलाई वाम एकता होस् वा कांग्रेस एकता, मधेसमा चलेको माथिको उक्तिझँै टाउकोमा हात राखेर यिनैका कार्यकर्ता आफ्ना नेताहरूतर्फ टुलुटुलु हेर्दैछन्, के गर्ने होलान् हाम्रो भविष्य यिनले भनी ।    

 

 

 

 








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad