८ वैशाख २०८१ शनिबार
समाज

बिकटका गर्भवतीलाई आइरन चक्की अभाव

जगत खड्का
 

बझाङ— जिल्लाका विभिन्न १२ भन्दा बढी दुर्गम ग्रामीण  भेगका  गर्भवती महिला आइरन चक्की खान  र गर्भ चेक जाँच गराउनबाट वञ्चित भएका छन् । स्वास्थ्यकर्मीको लाहपरवाहीका कारण धुली, न्युना, धलौन, लाफडी, लटौन, गोरखाली, बिछाडा, चुहावन, बडिजियावनलगायतका दुर्गम ग्रामीण भेगका गर्भवती नियमिति गर्भ चेक जाँचसँगै आइरन  चक्की  खानबाट वञ्चित भएका हुन् ।

‘उमेरले ३३ वर्ष भयो चार सन्तान जन्माइसकेकी छु,’ काँडा गाउँपालिका जगेराकी आलिकुली बोहराले भनिन् । अहिलेसम्म एक पटक पनि गर्भवती भएको समयमा डाक्टरबाट चेक गराउन नपाएको उनको भनाइ छ । 

उनले भने ‘आइरन चक्की कस्तो हुन्छ देखेकी पनि छैन । स्वास्थ्यचौकी भएको ठाउँ काँडा पुग्न पूरै एक दिन लाग्छ । गाउँ नजिक स्वास्थ्यचौकी छैन । बच्चा पाउने दिन बार थाहा नहुदा दुई छोरा भेंडीगोठमा र एक बीच बाटोमै जन्म दिँए । गाउँमा १३ जना गर्भवती छन् सबैको मेरै जस्तो अवस्था हो ।’

स्वास्थ्यचौकीबाट गाउँमा सेवा दिन कोहि आउँदैन गाउँमा स्वास्थ्य चौकि छैन  गाउँलेले  डोकामा बोकेर  अप्ठ्यारो भएको गर्भवतीलाई  जिल्ला अस्पताल सिमखेत लैजाने गरेको मष्टा गाउँपालिका लटौनकी  पञ्चवती बोहराले बताइन् । 

उनले भनिन्, ‘चुनावको समयमा आप्mनो पार्टीलाई भोट दिए गाउँमा स्वास्थ्य चौकी बनाइदिने भन्थे । अहिले चुनाव जितेपछि गाउँमा कोही र्फकेको छैन ।’ गाउँपालिकाबाट पनि स्वास्थ्यको लागि एक रुपौयाँ छुट्टाएको छैन । रेडियोमा गर्भवती महिलाले स्वास्थ्य चेक गर्नुपर्छ र आइरन चक्की खानुपर्छ भन्दा सुने पनि आइरन चक्की नखाएको उनले बताइन् । 

नेपाल सरकारले प्रत्येक गर्भवती महिलालाई गर्भवती भएको समयमा चार पटक स्वास्थ्य चेक जाँच गराउने र पहिलो पटक दुई र त्यसपछि एक पटक टिटी खोप लागाई बच्चा पाएको एक महिनासम्म आइरन चक्की खानुपर्ने व्यवस्था अनिवार्य बनाएको भए पनि कार्यालयमा  स्वास्थ्यकर्मी नबस्ने र लाहपरवाही गर्ने भएकाले कतिपय महिलाको उच्च रक्तश्राव भएर स्वास्थ्य उपचार अभावमा अकालमै ज्यान जाने गरेको  स्थानीय जसबिरे धामीले   बताए ।

उनले भने, ‘गाउँमा महिला स्वयंसेविका पनि कोही छैन । नवजात शिशुले बिसिजीलगायत कुनै पनि सुई लगाउन पाएका छैनन् ।  सुत्केरी भक्ता त परै जाओस्, धेरै पटक यसअघिका गाउँ परिषद्मा उपस्वास्थ्य चौकी राख्ने कुरा भए पनि त्यसको कुनै सुरसार नै छैन ।’

 तर स्वास्थ्यकर्मी भने स्थानीयको भनाइमा सहमत छैनन् । ‘जिल्लाबाट आएको सबै औषधि गाउँमै गएर प्रयोग गर्ने खोप पनि दिने गरिएको छ । गाउँलले लगाएको आरोप निराधार हो,’ भएको भातेखोला स्वास्थ्य इन्चाज वरिष्ठ अहेब लोकेन्द्र खड्काले बताए ।

उनले भने, ‘एक त जिल्लाबाट नियमित औषधि नै पूरा मात्रामा कहिले आउँदैन ।’ राज्यले सबैलाई खोप लगायत स्वाथ्य सेवाट सबैलाई सेवा दिने नीति लिएको र कुनै स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मीले लाहपरवाही गरे त्यस्तो व्यक्तिलाई कारबाही हुने निमित्त कार्यालय प्रमुख डा. अनुप रेग्मीले  बताए।

प्रकाशित: ३१ आश्विन २०७४ ०३:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App