८ वैशाख २०८१ शनिबार
समाज

आफ्नै साथीमाथी खुकुरी प्रहार

उदयपुर- एक युवाको खुकरी प्रहारबाट आफ्नै साथी गम्भीर भएका छन्। साथीको खुकुरी प्रहारबाट जिल्लाको बेलका नगरपालिका ८ स्थित माझीटोलका ४५ वर्षीय तिलक माझी गम्भीर घाईते भएको इलाका प्रहरी कार्यालय रामपुर ठोक्शीलाले जनाएको छ।

आईतबार साँझ सँगै गफिएर बसेका उनीहरुबीच भएको सामान्य बिबादले उग्र रुप लिँदै गएपछि सोही ठाउँका २४ वर्षीय जीवन माझीले तिलकमाथि खुकुरी प्रहार गरेका थिए । इप्रका रामपुरका इन्सपेक्टर सुवास राईका अनुसार बिबाद चर्कदै गएपछि जीवनले घाँटमै ताकेर प्रहार गरेको खुकुरीले तिलकको घाँटीभन्दा बाँयापटि गहिरो चोट लागेको छ ।

घाईते माझीलाई सोमबार विहानै उपचारार्थ बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । खुकुरी प्रहार गर्ने माझी भने घट्नालगत्तै फरार रहेकाले खोजी भईरहेको इन्सपेक्टर राईले बताएका छन्।

प्रकाशित: ३० आश्विन २०७४ १४:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App