काँग्रेस समानुपातिक सूचीमा रहेका तामाङ ८८ केजी सुन तस्करी प्रकरणमा पक्राउ

सोमबार, ३० असोज २०७४, १९ : ३५ हिमनाथ देवकोटा

रसुवा— नेपाली काँग्रेसको प्रदेश सभातर्फ समानुपातिकको सूचीमा परेका मनबहादुर तामाङ ८८ केजी सुन तस्करी प्रकरणमा काठमाडौंबाट पक्राउ परेका छन्। नेपाल—चीन केरूङ व्यापार संघका अध्यक्ष उनी रसुवा निवासी हुन्। छोटो समयमै अकुत सम्पत्ति आर्जन गरेका उनी केही समययता प्रहरी निगरानीमा थिए।

उनलाई काँग्रेसले प्रदेश नं. २ का लागि प्रदेश सभामा समानुपतिक उम्मेदवारको सूचिमा राखेको छ।

अवैध धन्दाबाट सम्पत्ति थप गर्दै गएपछि उनी काँग्रेससँग निकट भएका थिए। उनलाई पार्टीले आगामी मंसिर १० गते हुने प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ सिफरिस गरेको थियो। तीन वर्षदेखि प्रहरीको निगरानीमा रहे पनि ठोस प्रमाण नहुँदा उनी पक्राउ पर्न सकिरहेका थिएनन्। चीन—नेपाल व्यापारमा संलग्न उनका गतिविधि यसअघि देखि नै संकास्पद रहेको प्रहरी बुझाइ थियो।

प्रहरी स्रोतका अनुसार उनी व्यापारको साथै चीन र भारतमा अवैध सामग्री ओसारपसारमा समेत संलग्न छन्। भारतबाट रक्तचन्दन चीन लैजाने, चीनबाट अवैध रुपमा सुन ल्याएर भारत पुर्‍याउने र नेपालका पुरातात्विक मूर्ति तस्करी गरी चीन पुर्‍याउने कार्यमा उनी संलग्न रहेको प्रहरी स्रोतको दाबी छ।

‘उनी पहिलेदेखि नै दुई नम्बरी धन्दामासंलग्न थिए, प्रहरीले निरन्तर निगरानी गरिरहेको थियो तर यथेष्ट प्रमाणको अभावमा हुँदा उनी खुलेआम हिँडडुल गरिरहेका थिए’, प्रहरी स्रोतले भन्यो।

‘उनी पहिलेदेखि नै दुई नम्बरी धन्दामासंलग्न थिए, प्रहरीले निरन्तर निगरानी गरिरहेको थियो तर यथेष्ट प्रमाणको अभावमा हुँदा उनी खुलेआम हिँडडुल गरिरहेका थिए’, प्रहरी स्रोतले भन्यो।

यसअघि सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि रसुवागढी नाकाबाट ६४ किलो रक्तचन्दन सहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका थिए। ती पक्राउ परेका चिनियाँ नागरिक छुटाउनका लागि तामाङले महत्वपूर्ण भूमिका निर्वाह गरेपछि तामाङ प्रहरीको उच्च निगरानीमा रहेका थिए। रक्तचन्दन तस्कर छुटाउन तामाङले पार्टीको शक्ति समेत दुरुपयोग गरेको प्रहरीको भनाइ छ।

६ महिनापछि चिनियाँ नागरिक छुटेपछि तामाङ चिनियाँ व्यापारी, अवैध सामग्री ओसारपसारमा संलग्न भएकाहरुसँग सम्बन्ध बाक्लिएको थियो। त्यसयता उनी चिनियाँ नागरिकसँग मिलेर अवैध सामग्री आयात तथा निर्यात गर्ने कार्यमा सक्रिय रहेको प्रहरी स्रोतको भनाइ छ।

प्रायजसो भारत र चीन पुग्ने तामाङ रसुवामा कमै समय भेटिन्छन्। जिल्लामा हुने विशेष कार्यक्रम र चाडपर्वमा मात्र उनी झुल्किने गर्छन्। स्रोतका अनुसार तामाङसँग अहिले ८ ओटा स्कार्पियो गाडीे छन्। ती स्कार्पियो खरिदका लागि पर्यटन व्यावसायको आवरणमा ठमेल स्टेसन बनाई आएका चिनियाँ नागरिक वान विई मिङको पनि लगानी रहेको प्रहरी स्रोतले बतायो।  मिङले ११ वर्षदेखि तिब्बत, नेपाल र भारतमा तस्करी सन्जाल सञ्चालन गर्दै आएका व्यक्ति हुन्।

मध्यम वर्गिय परिवारमा जन्मिएका उनको घर रसुवाको गोल्जुङमा पर्छ। सुरुमा तामाङले काठमाडौंमा इलेक्ट्रोनिक सामग्रीको व्यापारबाट आफ्नो व्यावसाय सुरु गरेका थिए। पछि उनले काठमाडौंमै सहकारी दर्ता गरेर सञ्चालन गरेका थिए। अहिले उनी जिल्लाका सबैभन्दा चर्चित धनाढ्य व्यापारी अन्तर्गत पर्छन्।

तामाङलाई प्रहरीले काठमाडौंको स्वंम्भुस्थित ठूलो भ¥याङबाट पक्राउ गरेको हो। तामाङ र चिनियाँ नागरिकले अवैध धन्दाबाट आर्जन गरेको रम होटलहरुमा लगानी गरेको प्रहरीको शंका छ।




यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad