coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

निर्माता विनस्टन ओस्कार एकेडेमीबाट निष्काशित

न्यूयोर्क – हलिउड अभिनेत्री एन्जेलिना जोली, ग्वीनेथ पाल्त्रोव लगायतका आधा दर्जन हलिउड  कलाकारहरू माथि यौन शोषणको आरोप लागेका फिल्म निर्माता हार्वे विनस्टन ओस्कार एकेडेमीबाट निष्काशित भएका छन्।

हलिउडमा प्रवेश गर्ने समयको सुरूवाततिर उनले कलाकार जोली माथि यौन शोषण गरेको खुलासा भएको थियो। विभिन्न समयमा गरी उनले करिब आधा दर्जन हलिउड कलाकारहरू माथि यौन शोषण गरेको खुलासा भएको थियो।

 उनी माथि यौन शोषणको आरोप लागे पश्चात्  ओस्कार एकेडेमीका दुई तिहाई सदस्यहरू उनलाई निष्काशन गर्नुपर्ने पक्षमा आफ्नो मत जाहेर गरेपछि उनलाई उक्त एकेडेमीबाट निष्काशन गरिने घोषणा गरिएको हो।

यद्यपि  आफुमाथि लागेको यौन शोषणको आरोप भने  उनले अस्वीकार गर्दै आइरहेका छन् ।  द न्युयोर्क टाइम्ससँगको  कुराकानी क्रममा उनले  आफुमथि लागेको आरोप झुटो भएको बताएका हुन् । 

महिला अधिकारवादीहरूले  उनको विरोधमा आवाज उठाइरहेका छन्। उनीहरूले उनी माथि उचित सजायको माग समेत गरेका छन् ।अमेरिकी पूर्व राष्ट्रपति वाराका ओवामाकी पत्नी समेत महिला अधिकारवादीहरूको पक्षमा उभिएकी छन्।  

प्रकाशित: ३० आश्विन २०७४ ११:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App