coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

समानुपातिक सूचीमा पहाडेमूलकी महिला राखेपछि राजपामा रडाको

काठमाडौं— राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रतिनिधिसभाका लागि समानुपातिकको बन्द सूचीमा एकजना पहाडे मूलकी महिला राखेको विषय पार्टीभित्र खैलाबैला मच्चिएको छ। तिनै महिलाको विषयमा विवाद लम्बिँदा राजपाले सोमबार बिहान ४ बजे मात्रै समानुपातिकको बन्द सूची निर्वाचन आयोगलाई बुझाउन सक्यो।

‘न उहाँ राजपाको कुनै जिम्मेवारीमा हुनुहुन्छ। न त यसअघि कहिल्यै नाम सुनिएको थियो तर अचानक राजेन्द्रजीले उहाँको नाम सिफारिस गर्नुभयो,’ राजपा अध्यक्ष मण्डलका एक नेताले नागरिकन्युजसँग भने, ‘किन उहाँले ती महिलाको पक्ष लिनु भएको हो बुझ्न सकिएन।’

पर्टीका अध्यक्षमण्डलका नेता राजेन्द्र महतोले सूचीको चौथो नम्बरमा शारदा ढकालको नामका सिफारिश गरेका थिए। पार्टीमा योगदान नरहेको र राजनीतिक पृष्ठभूमि पनि नभएकाले उनलाई चौथो नम्बरमा राख्न नसकिने आवाज उठेको थियो। त्यसविरुद्ध महतोले ढकालको पक्षमा दृढ अडान लिएका लिए। ढकालको नामलाई लिएर राति अबेरसम्म पार्टीका नेताहरुबीच रस्साकस्सी चलेको थियो।

‘न उहाँ राजपाको कुनै जिम्मेवारीमा हुनुहुन्छ। न त यसअघि कहिल्यै नाम सुनिएको थियो तर अचानक राजेन्द्रजीले उहाँको नाम सिफारिस गर्नुभयो,’ राजपा अध्यक्ष मण्डलका एक नेताले नागरिकन्युजसँग भने, ‘किन उहाँले ती महिलालाई सार्नु भएको हो बुझ्न सकिएन।’उज्यालो हुनेबेलासम्म महतोले ती महिलाको नाम चार नम्बरमै हुनुपर्ने अडान नछोडेपछि अन्ततः आज बिहान ४ बजे राजपाका नेताहरु पार्टीको बन्द सूची लिएर निर्वाचन आयोगतर्फ लागेका थिए।

राजपाले सोमबार बिहान ४ बजे निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्द सूचि बुझाएको छ। सो सूचिमा एक नम्बरमा महन्थ ठाकुरको नाम छ भने दोस्रोमा चन्दा चौधरी छिन्। तेस्रो नम्बरमा अहमद अकवाल छन् भने चौथोमा शारदा ढकालको नाम छ। पाँचौं नम्बरमा तत्कालिन राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता निर्जला राउतको नाम छ। सूचीमा तराई मधेस समता पार्टीका नेता रामनरेश राय यादव नाम पनि समावेश छ।

विहान ४ बजे मात्र आयोग समक्ष बुझाइएको अन्तिम बन्दसुची राती २ः३० मा आयोगमा पु¥याइएको थियो। बिहान चार बजे बन्दसूची बुझाएर राजपा नेताहरु घर फर्किएका थिए।

 

 

 

प्रकाशित: ३० आश्विन २०७४ १०:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App