coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जुवा खेलिरहेका ८ जना एक लाख ६४ हजारसहित पक्राउ

कैलाली - प्रहरीले जुवा खेलिरहेको अवस्थामा साेमबार एक लाख ६४ हजारसहित आठ जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–५ हसनपुरस्थित तीर्थराज पन्तको घरमा नगदसहित आठ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वीरबहादुर बुढा मगरले जानकारी दिए ।

' धनगढी उपमहानगरपालिका–५ हसनपुरस्थित तीर्थराज पन्तको घरमा नगदसहित आठ जनालाई जुवा खेल्दाखेल्दै पक्राउ गरिएकाे हाे । उनीहरूलार्इ ऐनअनुसार कारबाही गरिनेछ । त्यस्तै जुवा खेलाउने घरमुली पन्त समेत पक्राउ गरेर कारवाहीकाे प्रक्रियाअघि सारेका छाैं,'उनले भने ।

 

 

प्रकाशित: ३० आश्विन २०७४ ०९:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App