८ वैशाख २०८१ शनिबार
समाज

खाल्डोमा डुबेर एक बालकको मृत्यु

राजविराज - सप्तरीको रुपनी गाउँपालिका–५ स्थित खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय मोस्तकिम मियाँका पाँच वर्षीय छोरा निराजन आलम रहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।

खेल्दाखेल्दै उनी घर नजिकै रहेको पानी जमेको खाल्डोमा डुबेका थिए । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको र आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

 

प्रकाशित: ३० आश्विन २०७४ ०९:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App