coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

एक हजार दुई सय ५६ बर्ष कैद सजायँ असुल गर्न बाँकी

ताप्लेजुङ- जिल्ला अदालत ताप्लेजुङले कैद सजाय तोकेकाहरुबाट एक हजार दुईसय ५६ बर्ष असुल गर्न बाँकी देखिएको छ।

२००१ सालबाट २०७३ असार मसान्त भित्रमा कैद सजाय तोकिएहरुले १ हजार २ सय ५५ बर्ष ११ महिना २५ दिन कैद भुक्तान गर्न बाँकी देखिएको अदालतले जनाएको छ। अदालतका श्रेष्तेदार गोपाल थापाका अनुसार ६५ लाख बढी जरीवाना रकम समेत असुल हुन वाँकी रहेको छ । थापाले कैद सजाय तोकिएकाहरुबाट २ सय ७९ बर्ष ८ महिना साढे एकदिन असुल गरेको जानकारी दिए । उनका अनुसार अभियुक्तलाई आर्थिक बर्ष २०७२।०७३ मा २ सय ८३ बर्ष १ महिना साढे ११ दिन कैद सजाय तोकिएको थियो। अघिल्लो आवबाट जिम्मेवारी सरी आएको १ हजार २ सय ५२ बर्ष ६ महिना ११ दिनमा आव २०७२।०७३ मा तोकिएको थप सजाय सहित एक हजार ५ सय ३५ बर्ष ७ महिना साढे २६ दिन कैद सजाय भुक्तान गर्न वाँकी थियो। सो मध्ये नयाँ लगतले तोकेको कैद सजाय मध्ये २ सय २० बर्ष ६ महिना साढे १३ दिन र जिम्मेवारी सरी आएको अवधिको ५९ बर्ष १ महिना १८ दिन गरी कुल २ सय ७९ बर्ष ८ महिना साढे एकदिन कैद सजाय भुक्तान गरिएको श्रेष्तेदार थापाले जानकारी दिए। अदालतमा अव आव २०७२।०७३ मा तोकिएको मध्ये ६२ बर्ष ७ महिना २ दिन र जिम्मेवारी सरी आएका मध्ये १ हजार १ सय ९३ बर्ष ४ महिना २३ दिन गरी कुल १ हजार २ सय ५५ बर्ष ११ महिना २५ दिन सजाय असुल गर्न वाँकी रहेको श्रेष्तेदार थापाले जानकारी दिए।

अदालतले कैद बाहेक जरीवानाबाट मात्र साढे ६५ लाख जति असुल गर्न वाँकी रहेको जनाएको छ। श्रेष्तेदार थापाका अनुसार अदालतबाट जरीवाना तोकिएहरुले यो रकम बुझाउनुपर्ने हुन्छ । थापाका अनुसार ६५ लाख ५१ हजार २ सय ४२ रुपैंया ८९ पैसा असुल गर्न वाँकी रहेको छ । यो मध्ये जिम्मेवारी सरी आएकोबाट चालु आवमा थपिएको ४९ लाख ५४ हजार ९ सय १३ रुपैंया र आव २०७२।०७३ बाट थपिएको १५ लाख ९६ हजार ३ सय ३० रुपैंया रहेको अदालतले जनाएको छ। श्रेष्तेदार थापाका अनुसार २००१ साल देखि २०७२ असार मसान्त सम्मका लागि जिम्मेवारी सुरी आएको रकम ५३ लाख ३ हजार ९ सय ९० रुपैंया मध्ये आव २०७२।०७३ मा ३ लाख ४९ हजार ७७ रुपैंया असुल भएको छ। सोहि आवमा तोकिएको जरीवाना ३८ लाख ३० हजार ५ सय २२ रुपैंया मध्ये २२ लाख ३४ हजार १ सय ९२ रुपैंया सहित २५ लाख ८३ हजार २ सय ६९ रुपैंया असुल भएको छ । अदालतका अनुसार २००१ देखि १० सम्ममा ५,११ साल देखि २० सम्मका २२,२१ दखि ३० का १२,३१ देखि ४० का १५,४१ देखि ५० का १३,५ देखि ६० का ६५, ६१ देखि ७० का १ सय १३ र ७१ देखि ७३ का ३२ गरी कुल कुल २ सय ७७ मुद्दाका लागि तोकिएको कैद तथा दण्ड सजाय मध्ये ६२ मुद्याका अभियुक्तले सजाय भुक्तान गरेका छन् । २ सय १५ मुद्यामा दोषी देखिएका अभियुक्तहरुले आफुले तोकिएको कैद जजाय तथा दण्ड जरीवाना भुक्तान गर्न वाँकी रहेको अदालतले जनाएको छ । आव २०७२।०७३ का १ सय ९ मध्ये ८४ मुद्दामा कैद तथा दण्ड जरीवाना तोकिएकाहरुबाट असुल भएको र वाँकी २५ मुद्धाका दोषीबाट असुल हुन वाँकी रहेको समेत श्रेष्तेदार थापाले जानकारी दिए।

 

प्रकाशित: १६ श्रावण २०७३ ०९:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App