coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

दश वर्षपछि पुरानै घर फर्किए गच्छदार

काठमाडौं— दश वर्षअघि नेपाली काँग्रेस छोडेर तराई आधारित राजनीतिमा लागेका विजयकुमार गच्छदार सोमबार पुरानै घर फर्किएका छन्। पार्टी एकीकरण गर्दै गच्छदार काँग्रेस प्रवेश गरेका हुन्। उनको पार्टी नेपाल लोकतान्त्रिक फोरमका नेता एवं पर्यटनमन्त्री जितेन्द्र देव पनि काँग्रेस प्रवेश गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पार्टी एकीकरण समारोहमा काँग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री डा.शशांक कोइराला, बरिष्ठ नेता रामचन्द्र पौडेल उपस्थित थिए। पौडेल र गच्छदार एउटै सोफामा बसेका थिए।
मुलुकको राजनीति अधिनायकवादतर्फ उन्मुख रहेकाले लोकतान्त्रिक जगलाई सुदृढ पार्न पार्टी एकीकरण गर्नुपरेको काँग्रेस सभापति देउवा एवं फोरमका गच्छदारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ३० आश्विन २०७४ ०७:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App