८ वैशाख २०८१ शनिबार
समाज

करेन्ट लागेर एकको मृत्यु

दाङ - करेन्ट लागेर दाङमा एकजनाको ज्यान गएको छ । शान्तिनगर गाउँपालिका–५ काशीपुर निवासी ३० वर्षीय दिलबहादुर चौधरीको ज्यान गएको प्रहरीले बताएको छ । आफ्नै घरमा बल्व जडानका लागि होल्डर बनाउने क्रममा गएराति करेन्ट लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अर्यालले जानकारी दिए ।

'करेन्ट लागेर छाती र हात जलेको अवस्थामा उपचारका लागि अञ्चल अस्पताल ल्याउँदै गर्दा उनको बाटोमा नै ज्यान थियाे । दाङमा छ महिनाको अवधीमा करेन्ट लागेर सात जनाले ज्यान गुमाएका छन्,'उनले भने ।
 

 

प्रकाशित: ३० आश्विन २०७४ ०७:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App