coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नेपालगन्जमा नाकामा १५ टन मासु बरामद

नेपालगन्ज - नेपाल–भारत सिमानाका जमुनाहाबाट नेपालगन्ज भित्र्याउँदै गरेको ठुलो परिमाणको मासु बरामद गरिएको छ । भारतीय ट्रकमा लोड गरी भित्र्याउँदै गरेको १५ मेट्रीक टन मासु नेपालगन्ज भन्सार कार्यालयले नियन्त्रणमा लिएको हो ।
एचआर ५५ एन ५२४० नम्बरको भारतीय ट्रकमा झुटो कागजात पेश गरी भन्सार प्रवेश गराउँदै गर्दा शंकाको आधारमा चेकजाँच गर्दा १५ टन बराबरको मासु फेला परेको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन आचार्यले नागरिकलाई जानकारी दिए । कागजमै झुक्याएर ठुलो परिमाणको मासु भित्र्याउन खोज्नुले यसमा कुनै न कुनै बदमासी भएको उनको आशंका छ ।
‘कागजमा हेर्दा फ्रोजन आलु, केराउ लेखिएको छ, लोड गरिएको ट्रक खान तलासी गर्दा मासु फेला पर्यो, यसबारे थप अनुसन्धान गरिरहेका छौं,’ उनले भने । ट्रकमा ठुलो परिमाणमा बंगुर, कुखुरा र खसीको जस्तो मासु तथा केही मात्रामा माछा रहेको हुन सक्ने आचार्यले बताए । प्रारम्भिक छानविनका क्रममा उक्त मासु भारतको दिल्लीबाट नेपालगन्जका लागी ल्याइएको हो । ट्रकमा लोड भएको मासु हड्डी रहित रहेको भन्सार कार्यालयले जनाएको छ । उक्त मासु नेपालगन्जस्थित डिके कोल्डरुम एण्ड मिट सप्लायर्सले आयात गरेको कागजात फेला परेको छ ।
बरामद गरिएको उक्त मासुको नमूना परीक्षणका लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जमा पठाइएको भन्सार कार्यालयले जनाएको छ । क्वारेन्टाईन कार्यालयमा मासु चेकजाँच गर्ने प्रविधी नहुँदा उक्त मासुलाई काठमाडौं पठाईएको बुझिएको छ । ‘मासुको चार थरीको नमुना काठमाडौं पठाइएका छौं,’ क्वारेन्टाईन कार्यालयका एक कर्मचारीले भने । क्वारेन्टाईन रिपोर्ट नआउँदासम्म भारतीय ट्रक र मासुलाई भन्सार कार्यालयमै राखिनेछ ।

प्रकाशित: ३० आश्विन २०७४ ०७:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App