coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘वाम एकता’ काे विरोधमा पूर्व माओवादी लडाकुहरु

रोल्पा – माओवादी सशस्त्र विद्रोहको केन्द्र मानिने रोल्पामा चुनावी माहोलसँगै चहलपहल बढेको छ । १० वर्ष माओवादको पक्षमा लडेका पूर्व माओवादी लडाकुहरु ‘बाम एकता’को विरोधमा देखिएका छन् । ‘अप्राकृतिक जोडलाई एकता वा तालमेल भनिदैन । यो तालमेल देश र जनताको समृद्धिको होईन । पद र पैसाको हिसाब गरेर गरिएको गठबन्ध हो ।’ पूर्व लडाकु देवबहादुर थापा अजयले भन्छन् ।
राज्य ब्यवस्थाको विद्रोह भन्दै  पाटीगत कार्यकर्ताको घाउ ओभाउन नपाउदै तालमेलले रोल्पालीहरुलाई अन्यौलमा परे देखिन्छ । ‘राजनितिमा शत्रु मित्र नहुँदो रहेछ । यो एकता कत्तिको दिगो हुन्छ, भविष्यले बताउला । एकता आफैमा राम्रो हो तर त्यसले दिने परिणाम सुखद हुनु पर्छ, ’होटेल व्यवसाय एवम् पूर्वलडाकु गोविन्द बुढा रेशम भन्छन् । त्यसो त बाम तालमेल करले स्वीकार गर्नु पर्ने बाध्यता रहेको गुनासो पूर्व लडाकुहरुको छ ।

प्रकाशित: ३० आश्विन २०७४ ०७:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App