coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

‘एनआरएनले नेपालको अर्थतन्त्र सुधार गर्नुपर्छ’

आदिवासी जनजाति एनआरएनसँगको कार्यक्रममा कानुन तथा संसदीय मामिला राज्यमन्त्री पाख्रिन । तस्बिर : नागरिक

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला राज्यमन्त्री दिलमान पाख्रिनले गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा व्यक्तिविशेष र दलभन्दा नेपालको विकास र अर्थतन्त्रलाई सुधार गर्न सक्ने नेतृत्वलाई निर्वाचित गराउनुपर्ने बताएका छन् । राजधानीमा आदिवासी जनजाति एनआरएनसँगको छलफलमा उनले वर्ग क्षेत्रभन्दा पनि समग्र एनआरएनलाई नेतृत्व गर्न सक्ने लिडर चुन्नुपर्ने धारणा राखेका हुन्।

आदिवासी जनाजति महासंघले आइतबार आयोजना गरेको कार्यक्रममा राज्यमन्त्री पाख्रिनले भूकम्पपछि थलिएको नेपालको अर्थतन्त्रलाई सहज ढंगबाट उठाउन सक्ने नेतृत्व छान्न सुझाव दिए । ‘२०७२ को भूकम्पपछि नेपालको पर्यटन क्षेत्र पुनःउत्थान हुन सकेको छैन । विश्वमा अझै पनि नेपाल भूकम्पको जोखिममा रहेको नोटिस छ । पुनः निर्माण हुन नसक्दा भूकम्प पीडित अझै पालमुनि बस्न बाध्य छन्,’ उनले भने ।

नेपालको पर्वतारोहण क्षेत्र, विश्वमा प्रसिद्ध नेपालका पदमार्गको प्रवद्र्धन हुन सकेको छैन । पर्यटन प्रवद्र्धनका लागि एनआरएनले उल्लेखनीय भूमिका खेल्नुपर्ने उनको भनाइ थियो । एनआएरनले काठमाडौंमा सभा गर्ने तर प्रभावकारी काम नगर्ने हो भने औचित्य कम हुन सक्ने पाख्रिनले बताए ।

नेपाल संघीय संरचनामा गइसकेको छ । स्थानीय तहको निर्वाचन भइसकेको अवस्थामा संघ र प्रदेशको निर्वाचनकै मुखमा एनआरएनको निर्वाचनले नेपालको विकास र अर्थतन्त्रमा नयाँ आयम सुरु हुने उनको भनाइ थियो । 
एनआरएनएको अध्यक्षका प्रत्यासी भवन भट्टले नेपालको विकास समृद्धि र आर्थिक उन्नतिका लागि उम्मेदवारी दिएको बताए । उनले विश्वमा रहेका नेपालीलाई हातेमालो गर्दै नेपालको अर्थतन्त्रलाई सदृढ बनाउनुको साथै पुनः निर्माणमा जोड दिने बताए । 

आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले एनआरएनएबाट आदिवासी जनजातिको सांस्कृतिक तथा पर्यटकीय क्षेत्रमा काम हुन नसकेकाले यसमा ध्यान दिनुपर्ने बताए । 

 

प्रकाशित: ३० आश्विन २०७४ ०६:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App