coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

प्रेम पढाउने ‘प्रेमालय’

काठमाडौँ – पत्रकार तथा लेखक अश्विनी कोइरालाको उपन्यास ‘पे्रमालय’ लोकार्पण गरिएको छ । उपन्यासलाई युवा नेता रञ्जु दर्शना, सञ्चार अभियन्ता महावीर पुन, अभिनेत्री बेनिशा हमाल, पत्रकार स्वेच्छा राउत र नेपाली सेनाका पूर्व प्रमुख सेनानी विन्दु गौतमले लोकार्पण गरे।

पुस्तक सार्वजनिक कार्यक्रममा लेखक कोइरालालो प्रेमको नया“ परिभाषा र आयामलाई उजागर गर्ने प्रयाश स्वरूप ‘प्रेमालय’ लेखिएको बताउँदै प्रेमलाई अन्य विषयजस्तै छुट्टै विषयका रूपमा अध्ययन गरिनुपर्ने तर्क प्रस्तुत गरे।

‘संसारभर हजारभन्दा बढी विषयको विषयको पढाइ हुँदै रहेछ तर मानव जीवनमा सबैभन्दा महत्व राख्ने प्रेमको कुनै पनि विश्वविद्यालयमा पढाइ हुँदैन । यही कारणले प्रेम पढाउने विद्यालयको कल्पनामा प्रेमालय लेखिएको हो,’ कोइरालाले भने । नवीन ढंगमा लेखिएको उक्त उपन्यास सार्वजनिक कार्यक्रममा लेखक कोइरालाले उपन्यासका जीवन्त पात्रको परिचय पनि गराएका थिए । ती मध्ये कतारका युवा व्यवसायी अनिल गजमेरको कार्यक्रममा उपस्थित थियो।

पत्रकार स्वेच्छा राउतले युवाको कथा र भोगाइलाई प्रेमालयले नविन ढंगले प्रस्तुत गरेको बताइन् । युवा पुस्ताका लागि ‘प्रेमालय’ गतिलो साहित्यिक खुराक हुने उनले सुनाइन् । ‘प्रेमलाई विभिन्न मान्यतामा रहेर हेर्न खोजिएको छ । पुस्तकको पहिलो विशेषता यही हो जस्तो लाग्छ । त्यस्तै पुस्तकले प्रेमका स्थापित मान्यतामाथि पनि प्रश्न गर्न उत्प्रेरित गर्छ,’ उनले भनिन्।

रेडियो कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माले पुस्तक प्रेममा यौन हुनुहुन्न अथवा भयो भने त्यो प्रेम शुद्ध हुन्न परम्परागत मान्यतालाई पक्षपोषण गर्ने खालको रहेको टिप्पणी गरे । उनले उपन्यासमा दलित समुदायको एक पात्रलाई अति सक्षम देखाएको र त्यसले उपन्यासलाई यथार्थभन्दा पर लगेको बताए।

विमोचन कार्यक्रममा अभिनेत्री वेनिशा हमालले कोइरालाको लेखाईको प्रशंसा गर्दै उपन्यास सिनेमाझैं सलल बगेको बताइन् । ‘जुकरबर्ग क्याफे’ का लेखक कोइरालाको ‘प्रेमालय’ बुक हिलले प्रकाशन गरेको हो।

प्रकाशित: ३० आश्विन २०७४ ०६:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App