coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

बायर्नको फराकिलो जित

बर्लिन– बायर्न म्युनिखले फ्रेइबर्गलाई ५–० ले पराजित गर्दै नयाँ प्रशिक्षक जुप हेन्केसको सुरुआत सफल पारेको दिन शनिबार आरबी लिपजिगले बोरुसिया डर्टमन्डलाई ३–२ ले पराजित गरेको छ।

खेलको सातौंै मिनेटमा फ्रेइबर्गका जुलियान स्कुस्टरले गरेको आत्मघाती गोलमा बायर्नले अग्रता लिएको थियो । ४२औं मिनेटमा किङ्सले कोमनले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारेका थिए।

६३औं मिनेटमा थियागो अल्कान्ट्राले गरेको गोलमा बायर्नले अग्रता ३–० मा पुर्‍याएको थियो । ७५औं मिनेटमा रोबर्ट लोवान्डोवस्की र ९०औं मिनेटमा जोस्वा किमिचले गोल गर्दै बायर्नलाई ५–० को सानदार जित दिलाएका थिए ।
‘हामी आफूलाई पुनः प्रमाणित गर्न चाहन्थ्याै‌,’ बायर्नका कप्तान थोमस मुलरले भने, ‘आजको  दिन सुखद रह्यो । आशा छ यो लयले आगामी दिनमा पनि निरन्तरता पाउनेछ।’

यस जितपछि ८ खेलको समाप्तिमा १७ अंक जोडेको बायर्न दोस्रो स्थानमा उक्लिएको हो। 
यता लिपजिगसँगको हारका बावजुद समान खेलमा १९ अंक जोडेको डर्टमन्ड शीर्ष स्थानमा यथावत् छ। १६ अंक जोडेको  लिपजिग तेस्रो स्थानमा उक्लिएको छ।

खेलको चौथो मिनेटमा पियरे इमरिक औबामेयाङले गरेको गोलमा डर्टमन्डले अग्रता लिएको थियो। १०औं मिनेटमा मार्सेल साबिट्जरले  गोल गरेपछि लिपजिग खेलमा फर्किएको थियो। २५औं मिनेटमा युसुफ पाउलसेनले गरेको गोलमा लिपजिगले अग्रता लिएको थियो । ४९औं मिनेटमा जेन–केभिन अगस्टिनले गोल गर्दै लिपजिगको अग्रता ३–१ मा पुर्‍याएका थिए । ६४औं मिनेटमा औबामेयाङले गोल गर्दै डर्टमन्डलाई खेलमा फर्काउन प्रयास गरे पनि त्यो पर्याप्त भएन।

त्यस्तै शनिबार सम्पन्न अर्कोे खेलमा मेइन्जले ह्यामबर्गलाई ३–२ ले पराजित गर्दा साल्केले हार्था बर्लिनलाई २–० ले पराजित गरेको छ । होफेनहेइम र औसबर्गले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन्। 

प्रकाशित: ३० आश्विन २०७४ ०४:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App