७ वैशाख २०८१ शुक्रबार
समाज

साझाका करार कर्मचारी आन्दोलित

काठमाडौ – साझा प्रकाशनका अस्थायी कर्मचारीहरू तलब सुविधा माग गर्दै आन्दोलित भएका छन् । चाडपर्वका बेला दुई महिनादेखि तलब सुविधा नपाएको भन्दै उनीहरू आन्दोलित भएका हुन् । अनियमिततानको आरोपमा शिक्षा मन्त्रालयबाट बर्खास्तमा परेका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माको कार्यकालमा करारमा नियुक्त कर्मचारी सेवा सुविधाको माग गर्दै आन्दोलित भएका हुन्।

शर्मा बर्खास्त पछि  साझाको अध्यक्षमा नियुक्त कृष्णप्रसाद काप्रिले करार कर्मचारीलाई हाजिर नगराएको र चाडपर्वको बेलामा समेत तलब नदिएको उनीहरूको आरोप छ । ‘हामीलाई चाडपर्वका बेला समेत तलब सुविधा दिइएन । त्यसमाथि नयाँ अध्यक्षले हामीलाई हारिज नगराउनु भन्ने सुनेका छौं, त्यसैले आन्दोलन गनुएपरेको हो,’ कर्मचारी दिपेश शाहीले भने । तलब सुविधा बाहेक बन्द मेसिन सुचारु गर्नुपर्ने, संस्थाका दैनिक गतिविधि शीघ्र सञ्चालन गर्नुपर्ने, करार कर्मचारीको म्याद थप्नुपर्ने लगायतका माग उनीहरूको छ।

अध्यक्ष काप्रिले भने संस्थामा पैसा नभएकाले तलब सुविधा दिन नसकिएको बताए । ‘संस्थामा पैसै छैन, पैसै नभएपछि कसरी पैसा दिनु ?’ उनले भने । करार कर्मचारीको आन्दोलनको कुनै औचित्य नरहेको बताउँदै उनले आन्दोलनबाट कुनै उपलब्धि नहुने बताए ।   

प्रकाशित: ३० आश्विन २०७४ ०४:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App