५५ दलले बुझाए समानुपातिक सूची

सोमबार, ३० असोज २०७४, ०७ : ५१ भाषा शर्मा  | @sb_language

काठमाडौं – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ राजनीतिक दलहरूले आइतबार निर्वाचन आयोगमा उम्मेदवारको बन्दसूची बुझाएका छन् । आयोगमा बन्दसूची दर्ता गराउने कार्य राति अबेरसम्म जारी छ । ५५ दलले बन्दसूची बुझाउने भएको आयोगले जनाएको छ । मंसिर १० र २१ मा हुने संघीय प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि दलहरूले अलगअलग सूची बुझाएका हुन्।

आयोगमा केही दल सूची बुझाउन कार्यालय समय सकिने बेलामा पुगेकाले सोमबार मात्र दर्ता कार्यक्रम सकिने प्रवक्ता नवराज ढकालले बताए । आइतबार ५ बजेभित्र बन्दसूची बुझाइसक्नुपर्ने भए पनि दलहरू ढिलो पुगेका कारण राति अबेरसम्म निर्वाचन आयोगमा दर्ता गर्नेको भीड थियो।  

कात्तिक १२ सम्म दलहरुले समानुपातिक उम्मेदवारको सूची संशोधन गर्न पाउने व्यवस्था मिलाइएको छ । संशोधन गर्न पाइने भएकाले अहिले दलहरूले प्रारम्भिक सूची बुझाएका छन् । आयोगले कात्तिक १७ गते समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक गर्ने छ । दाबी विरोधपछि मंसिर ३ मा समानुपातिक उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ। 

समानुपातिकतर्फ दलहरूले संघीय प्रतिनिधिसभातर्फ १ सय १० जना र प्रदेशसभातर्फ २ सय २० जनाको सूची बुझाउन पाउँछन् । आयोगमा दर्ता भई ८८ दलले निर्वाचन चिह्न लिइसकेका छन् । समावेशी तालिका अनुसार दलहरूले सूची बुझाएनबुझाएको आयोगले हेरी खबर गर्ने प्रवक्ता ढकालले बताए । उनले भने, ‘कात्तिक ६ देखि १२ सम्म दलले बन्दसूची संशोधन गरेर बुझाउन पाउनेछन् । १३ गते दलहरूले अन्तिम सूची दिनुपर्छ ।’

समानुपातिकतर्फ कुनैपनि दलले सदर मतको ३ प्रतिशत ल्याउन नसके सिट नपाउने कानुनी व्यवस्था छ । मत प्रतिशत कम आउने भएकाले कतिपय साना दल ठूला दलमा गाभिएका छन् ।

समानुपातिकतर्फ ५० प्रतिशत महिलासहित समावेशी आधारमा उम्मेदवारको सूची बुझाउनुपर्छ । जातीय प्रतिशतका आधारमा दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिमको अनिवार्य प्रतिनिधित्व हुनेगरी बन्दसूची बुझाउनुपर्ने कानुनी व्यवस्था छ । प्रदेशको हकमा भने समावेशी प्रतिशत छुट्टाछुट्टै तोकिएको छ । 

प्रदेशअनुसार समानुपातिक प्रतिनिधित्व प्रतिशत 

प्रदेश १ आदिवासी जनजाति ४६.७९ 

खस आर्य २७.८४ 

थारु ४.१५  

दलित १०.०६ 

मधेशी ७.५७ 

मुस्लिम ३.५९

प्रदेश २ आदिवासी जनजाति ६.६१ 

खस आर्य ४.८९ 

थारु ५.२७  

दलित १७.२९ 

मधेशी ५४.३६  

मुस्लिम ११.५८ 

प्रदेश ३ आदिवासी जनजाति ५३.१७ 

खस आर्य ३७.०९

थारु १.६६ 

दलित ५.८४  

मधेशी १.५७  

मुस्लिम ०.६७ 

प्रदेश ४ आदिवासी जनजाति ४२.३७ 

खस आर्य ३७.२४ 

थारु १.७२ प

दलित १७.४४ 

मधेशी ०.५२ 

मुस्लिम ०.७१

प्रदेश ५ आदिवासी जनजाति १९.५८ 

खस आर्य २८.८४ 

थारु १५.१८  

दलित १५.११ 

मधेशी १४.३५ 

मुस्लिम ६.९४ 

प्रदेश ६ आदिवासी जनजाति १३.६३  

खस आर्य ६२.२  

थारु ०.५  

दलित २३.२५ 

मधेशी ०.२४  

मुस्लिम ०.१८

प्रदेश ७ आदिवासी जनजाति ३.६१  

खस आर्य ६०.०२ 

थारु १७.२१  

दलित १७.२९  

मधेशी १.६४  

मुस्लिम ०.२३

३२ जिल्लामा निर्वाचन अधिकृतको कार्यालय 

निर्वाचन आयोगले पहिलो चरणको चुनावका लागि ३२ जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । मंसिर १० मा पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि यी कार्यालय स्थापना गरिएको हो । 

पहिलो चरणमा प्रदेश १ का ताप्लेजुङ, पाँचथर, खोटाङ, ओखलढुंगा, भोजपुर, संखुवासभा, सोलुखुम्बु, प्रदेश ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, प्रदेश ४ का मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लमजुङ, गोरखा, प्रदेश ५ का रुकुम–पूर्वी भाग र रोल्पा, प्रदेश ६ का रुकुम–पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा र प्रदेश ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडीमा चुनाव हुँदैछ ।  दोस्रो चरणमा मंसिर २१ गते चुनाव हुने ४५ जिल्लामा कात्तिक ९ मा निवार्चन अधिकृतको कार्यालय स्थापना गरिने आयोगका प्रवक्ता नवराज ढकालले बताए । 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

वाइफाई ६ को मुख्य उदेश्य नै भिडभाड भएको ठाउँमा राम्रोसँग वाइफाई चल्ने बनाउनु हो ! ...

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

Ncell Footer Ad