१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

काँग्रेसको समानुपातिक सूची निर्वाचन आयोगमा

काठमाडौं—नेपाली काँग्रेसले संघीय संसद् र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक सूची निर्वाचन आयोगमा दर्ता गरेको छ। संविधानअनुसार संघीय संसद्का लागि ११० र प्रदेश सभाका लागि २२० को सूची दर्ता गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

संघीय संसद्को समानुपातिक सूचीमा खस आर्य पुरुष र महिला १७-१७, जनजाति पुरुष र महिला १६÷१६, थारू महिला चार र पुरुष तीन, दलित महिला आठ र पुरुष सात, मधेशी महिला नौ र पुरुष आठ एवम् मुस्लिम महिला तीन र पुरुष दुईको सूची दर्ता गरिएको उनले जानकारी दिए।
 

संघीय संसद्मा जम्मा महिला ५७ र पुरुष ५३ को सूची तयार भएको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। रासस

प्रकाशित: २९ आश्विन २०७४ १३:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App