८ वैशाख २०८१ शनिबार
समाज

जलवायुले परिवर्तनले जनसंख्या र भूमिमा प्रभाव: मन्त्री चौधरी

जुम्ला-  जनसंख्या तथा वातावारणमन्त्री मिथिला चौधरीले जलवायु परिवर्तन राष्ट्रिय र अन्तराष्ट्रिय चर्चाको विषय बनेको अवगत गराउँदै जवलायुको असरले विश्वको जनसंख्या र भूमिलाई प्रभाव पारेको बनाएकी छन्। उनले नेपाल सरकारले जवालयु परिवर्तनका विषयमा विशेष ध्यान दिएको बताईन । जुम्लामा वातावरण सम्वन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको अधिकार रक्षाको लागि पैरवी गर्न र जिल्ला स्तरका मुद्दालाई राष्ट्रिय नीति निर्माणमा जोड्न सम्मेलनको आयोजना गरिएको बताइन्।

वातावरणबारे राज्यले प्रभावकारी नीति अवलम्बन गरि अघि बढ्नु पर्ने बेला भएको मन्त्री चौधरीको भनाई छ ।  सम्मेलनका अवसरमा जलवायु परिवर्तन, खाद्य सुरक्षा र स्वच्छ पानी हिमाली क्षेत्रमा यसका चुनौति र अवसरका विषयमा व्यापक छलफल हुने   छ।

प्रकाशित: २९ आश्विन २०७४ ११:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App