coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

रसुवामा मुख्य निर्वाचन कार्यालय स्थापना

रसुवा— प्रतिनिधि सभा एवं प्रदेश सभाको लागि मंसिर १० गते हुने निर्वाचनका लागि रसुवा जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। जिल्ला प्राबिधिक कार्यालयमा आज कार्यालय स्थापना गरिएको हो। जिल्ला न्यायधीश एव्म मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले कार्यालयको उद्‌घाटन गरे।

उद्घाटन कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी स्मिता पौडेल, जिल्ला समन्वय समिति रसुवाका सभापति कुलप्रसाद भट्ट, प्रहरी नायब उपरिक्षक शरदकुमार थापा क्षेत्री, सशस्त्र प्रहरीका प्रमुख प्रकाश वाग्लेलगायत सहभागी थिए ।


मुख्य निर्बाचन अधिकृतको कार्यालय स्थापना गरिएसँगै निर्बाचनसम्बन्धी काम सुरु भएको मुख्य निर्वाचन अधिकृत खनालले बताए।

मंसिर १० गते हुने निर्वाचन स्वच्छ निष्पक्ष र धाधलिरहित रुपमा सम्पन्न गर्न आफुहरु तयार रहेको पनि उनले सुनाए। उनले निर्वाचन सम्पन्न गर्नका लागि सबै पक्षबाट सहयोगको अपेक्षा गरिएको समेत बताए।

 

प्रकाशित: २९ आश्विन २०७४ ०९:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App