coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘आचारसंहिता पालना नगर्नेलाई कारबाहीको दायरामा ल्याइने’

नेपालगन्ज – प्रेस काउन्सिल नेपालका सदस्य संगीता खड्काले पत्रकार आचारसंहिता पालना नगर्ने सञ्चार संस्थानलाई कारबाहीको दायरामा ल्याइने बताएकी छिन् । 

काउन्सिलको सहकार्यमा नेपाल पत्रकार महासंघ बाँकेद्वारा शनिबार आयोजित ‘पत्रकार आचारसंहिता पालनामा सञ्चार संस्थाको’ भूमिका विषयको अन्तक्र्रिया कार्यक्रममा उनले सञ्चार संस्था नागरिकप्रति जिम्मेवार हुनुपर्नेमा जोड दिँदै त्यसका लागि पत्रकार र सञ्चार संस्था कसैको आग्रह तथा पूर्वाग्रहमा लाग्न हुँदैन भनिन्। 

कार्यक्रममा महासंघका जिल्ला अध्यक्ष ठाकुरसिंह थारु, पूर्वअध्यक्षद्वय नीरज गौतम र रुद्र सुवेदी, पत्रकार कृष्ण खनाल, सकिल अहमद कादरी, आलम खान, दुर्गा रोकाय र तिलक गाउँलेले स्वतन्त्र तथा निष्पक्ष पत्रकारिता गर्नका लागि पत्रकार आचारसंहितालाई शिरोधार्य गर्नुपर्ने धारणा राखे। त्यस अवसरमा काउन्सिलद्वारा प्रकाशित त्रैमासिक पुस्तिका ‘संहिता’ र वार्षिक प्रतिवेदन सहभागी पत्रकारलाई उपलब्ध गराइएको थियो। 

प्रकाशित: २९ आश्विन २०७४ ०७:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App