८ वैशाख २०८१ शनिबार
समाज

रिभानका बाढीपीडितलाई रु एक लाख सहयोग

पोखरा –  कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभान पाथ्रेका बाढीपीडितलाई शनिबार रु एक लाख सहयोग प्राप्त भएको छ। 

तमु समाज युकेको आमा समूहबाट संकलित उक्त रकम सल्लाहकार मेजर लक्ष्मीप्रसाद गुरुङले सो ठाउँमै पुगेर वडाध्यक्ष एवं उद्धार तथा विपत् व्यवस्थापन समितिका संयोजक जुमबहादुर गुरुङलाई हस्तान्तरण गरेका हुन्। 

गत साउन २४ गते राति हुम्दीखोलामा आएको बाढी पाथ्रे गाउँमा पस्दा १६ घरलाई पूर्ण क्षति पुर्‍याएको थियो। 

हालसम्म विभिन्न संघसंस्था, स्वदेश तथा विदेशमा रहेका महानुभावबाट रु ४१ लाख राहत संकलन भएको छ। संकलित रकमले विस्थापित परिवारका लागि घर निर्माण गरिने वडाध्यक्ष गुरुङले बताए। 

प्रकाशित: २९ आश्विन २०७४ ०५:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App