प्रतिनिधि कार्ड वितरणमा लापरवाही, एनआरएन सम्मेलन स्थलमा झडप

आइतबार, २९ असोज २०७४, ०९ : ३५ होमप्रसाद लम्साल

काठमाडौं—शनिबारदेखि बौद्धस्थित होटल हायतमा सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौं ग्लोबल सम्मेलनका क्रममा शनिबार झडप भएको छ। सम्मेलनमा सहभागी हुन विश्वका विभिन्न देशबाट आएका प्रतिनिधिहरुलाई कार्ड वितरणको व्यवस्थित संयन्त्र नहुँदा झडपको स्थिति सिर्जना भएको हो।

व्यवस्थापन चुस्त नहुँदा तीन—चार घन्टा लाइन लाग्दा समेत प्रतिनिधि पत्र पाउन गाह्रो भएको थियो। आफू बसोबास गर्दै आएका देशका एनसीसीले पठाएका प्रतिनिधिको नामावली आइसीसीले व्यवस्थापन नगर्दा कार्ड वितरणमा लफडा भएको अमेरिकाबाट आएका एक प्रतिनिधिले बताए।

‘कहिले कार्ड छैन भन्छन्। कहिलै नाम छैन भन्छन्। लाइनमा बसेको तीन घन्टा भइसक्यो। यो कस्तो व्यवस्थापन हो?’, अष्ट्रेलियाबाट आएका प्रतिनिधि हेमन्त काफ्लेले नागरिकन्युजसँग भने, ‘आइटीका ठूला गफ गर्ने नेतृत्वले यो अव्यवस्था सुधार गर्न जरुरी छ।’

अमेरिकाबाट सम्मेलनमा सहभागी हुन आएका शैलेस आचार्यले एनआरएनएले पहिला आफ्नो अव्यवस्था हटाउनुपर्ने जनाए। ‘यो गर्छु त्यो गर्छु भन्ने एनआरएन नेतृत्वले पहिला यो अव्यवस्था हटावस्’, उनले भने।

व्यवस्थापन चुस्त नहुँदा तीन—चार घन्टा लाइन लाग्दा समेत प्रतिनिधि पत्र पाउन गाह्रो भएको थियो। आफू बसोबास गर्दै आएका देशका एनसीसीले पठाएका प्रतिनिधिको नामावली आइसीसीले व्यवस्थापन नगर्दा कार्ड वितरणमा लफडा भएको अमेरिकाबाट आएका एक प्रतिनिधिले बताए।

एनआरएनए सचिवालयले कार्ड वितरणको जिम्मा एउटा कम्पनीलाई भाडामा दिएको थियो। प्रतिनिधिले पैसा तिरेर पनि आफ्नो कार्ड नपाएपछि सम्मेलन स्थलमा झडप भएको हो। बारम्बार झडप भएपछि प्रहरी परिचालन गरेर स्थिति नियन्त्रमा लिइएको थियो।
 

गत बिहीबारदेखि टेकुस्थित एनआरएनए सचिवालयबाटे प्रतिनिधि कार्ड वितरण गरिएका थियो। त्यहाँबाट एक तिहाई व्यक्तिले पनि कार्ड नपाएपछि सम्मेलनस्थल होटल हायतमै वितरण गरिने जानकारी दिइएको थियो। सोहीअनुसार शनिबार लाइनमा बसेका एनआरएनए प्रतिनिधिले तीन घन्टासम्म कार्ड नपाएपछि झडप हुन पुगेको हो।

भिडियाे





यसमा तपाईको मत

अन्य समाचार

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

यस फिचर हालका लागि ७ वटा देशमा लागू गरिएको छ ! ...

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

Ncell Footer Ad