४ वैशाख २०८१ मंगलबार
राजनीति

प्रधानमन्त्रीको ओलीलाई जवाफ: संविधानले दिएको अधिकार प्रयोग गर्न नपाउने ?

संसदलाई सम्वोधन गर्दै प्रधानमन्त्री देउवा। तस्बिर: दीपेश श्रेष्ठ

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार प्रधानमन्त्रीको संवैधानिक अधिकार भएको बताएका छन्।

संसदको अन्तिम बैठकमा बोल्दै उनले संविधानले दिएको अधिकार प्रधानमन्त्रीले प्रयोग गर्न नपाउने ? भन्दै प्रश्न गरे। देउवाले मन्त्रिपरिषदमा मन्त्रीको संख्या दुइचार दिनमा घट्न पनि सक्ने बताए। कांग्रेसले राष्ट्रियता र प्रजातन्त्रको खिलाफमा कांग्रेसले सम्झौता नगर्ने बताए।

राष्ट्रपतिले संवैधानिक राष्ट्रपतिको भूमिका निर्वाह गर्नु भएको भन्दै देउवाले धन्यवाद दिए। मन्त्रिपरिषद बिस्तारबारे राष्ट्रपतिलाई उचाल्न खोजे पनि त्यो असफल भएको उनले बताए। यस अघि संसदमा बोल्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार विस्तारबारे प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए।

निर्वाचन आयोगका प्रमुखले मन्त्रिपरिषद विस्तार गर्दा निर्वाचनलाई असर गर्दैन भनिसक्नु भएको देउवाले बताए।

उनले अवको यात्रा आर्थिक विकास र सम्वृद्धिको हुने उल्लेख गरे। 'साना कुरामा अल्झिने होइन सम्वृद्धिमा जाने हो', उनले भने, 'अबको निर्वाचन पछि केही वर्षमै देशलाई अन्य विकसित देशको स्तरमा पुर्‍याउने हो।'

 

 

प्रकाशित: २८ आश्विन २०७४ १३:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App