७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

अमेरिकालाई इरानसँगको आणविक सम्झौता नतोड्न रसियाको आग्रह

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको आणविक सम्झौता तोड्ने घोषणा गरे पछि उक्त सम्झौता नतोड्न रसियाले राष्ट्रपति ट्रम्पलाई आग्रह गरेको छ।

वासिङटनले इरानसँगको आणविक सम्झौता तोडेमा अन्तर्ष्ट्रिय आणविक क्षेत्रलाई धक्का पर्ने रसियाको दाबी छ। अमेरिकाको यस्तो घोषणाले विश्व शान्ति स्थापनामा बाधा पुर्‍याउने धारणा रसियाले राख्दै आएको छ।

इरानसँगको आणविक सम्झौता तोड्ने बारे अमेरिकी कंग्रेसले निर्णय गर्ने राष्ट्रपति ट्रम्पले बताएका छन्। इरानसँगको आणविक हतियार सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने पश्चिमा मूलकहरूको समेत राष्ट्रपति ट्रम्पले निन्दा गरेका छन्।

इरानलाई आणविक कार्यक्रममा सीमित पार्न अमेरिका लगायतका अन्य शक्ति राष्ट्रहरूले इरानसँगको आणविक सन् २०१५ मा ऊ सँग आणविक सम्झौता गरेका थिए।

इरानले पटक पटक उक्त सम्झौताको उल्लंघन गरेको आरोप अमेरिकाले लगाउँदै आएको छ । अन्य शक्ति राष्ट्रले भने इरानले सम्झौताको पालन गर्दै आइरहेको बताएका छन् ।

यसरी सम्झौताको उल्लंघन हूँदै जाँदा इरान पनि उत्तर कोरिया जस्तै खतरा मुलुकका रूपमा विश्वमा देखिन सक्ने भन्दै अमेरिकाले इरानसँगको आणविक सम्झौता तोड्ने घोषणा गरेको हो ।

अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको टोलीले भने इरानले सम्झौताको पालना गरेको बताएका छन् । इरानले भने अमेरिकाले एकपक्षीय रूपमा उक्त सम्झौताको उल्टाउन नमिल्ने बताएको छ।

इरान सधै सम्झौताको पक्षमा रहने समेत राष्ट्रपति हसन रूहानीले बताए । इरानले आणविक कार्यक्रममा बढावा दिएर आतंकवाद फैलाइरहेको आरोप अमेरिकी राष्ट्रपति ट्रम्पको छ । 

 

प्रकाशित: २८ आश्विन २०७४ ०९:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App