६ वैशाख २०८१ बिहीबार
प्रवास

एनआरएनए ग्लोबल सम्मेलन सुरु

राष्ट्रपति विद्यादेवी भण्डारी उद्घाटन सत्रलाइ सम्बाेधन गर्दै

काठमाडौं—गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ। बौद्धस्थित होटल हायतमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन्।

संसारभर फैलिएका गैरअावासीय नेपालीहरूको नेपालसँगको सम्बन्ध मातृभूमि र रगतको सम्बन्ध भएकाले उल्लेख गरिन्। उनले नेपालकाे अार्थिक सम्वृद्धिको साझेदार गैरअावासीय नेपाली नै भएको उनले बताइन्। एनअारएन नागरिकता प्राप्तिपछि गैरअावासीय नेपालीलाइ नेपालसँग अझ नजिक हुने उनको भनाइ थियो।  

पूर्व अध्यक्ष जिवा लामिछानेले एनअारएनएले नेपालमा अार्थिक, बाैद्धिक लगानी र लाेककल्याणाकारी परियाेजनाका तीन अाधारशीलमा काम गरिररहेको बताए।

सम्मेलनमा ७७ देशका एक हजार पाँचसयभन्दा बढी प्रतिनिधि सहभागी छन्। उद्घाटन सत्रपछि आज शनिबार पुनःनिर्माणबारे राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सिइओ डा.गोविन्द पोखरेलले प्रस्तुति दिनेछन्। अध्यक्ष शेष घलेले लाप्राकमा निर्माण भइरहेको एकीकृत नमुना बस्तीबारे प्रस्तुति दिने कार्यक्रम छ।

दिउँसोको खानापछि नेपाल भिजन २०३० तथा गैरआवासीय नेपालीको भूमिका शीर्षकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.स्वर्णिम वाग्लेको सत्र राखिएको छ। योबाहेक वैदेशिक रोजगारीका समस्याबारे श्रममन्त्री फरमुल्लाह मन्सुरसँग एउटा सत्र तोकिएको छ।

चार दिनसम्म चल्ने सम्मेनले संघको नयाँ नेतृत्व चयन गर्नेछ। अध्यक्ष, उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षसहितका पदाधिकारी निर्वाचनबाट चयन गर्नेछन्।

उद्घाटन सत्रलाइ सम्बाेधन गर्दै अध्यक्ष शेष घलेले गैरअावासीय नेपालीकाे सम्वद्धिप्रतिको चाहना हावादारी गफ नभएको दाबी गरे। 'गैरआवासीय नेपालीहरुको सम्वृद्धिप्रतिको चाहना केवल हावादारी गफ होइन। मन र मुटुको आवाज हो भन्ने कुरा सबैले बुझिदिन जरुरी छ', उनले भने।

पूर्व अध्यक्ष जिवा लामिछानेले एनअारएनएले नेपालमा अार्थिक, बाैद्धिक लगानी र लाेककल्याणाकारी परियाेजनाका तीन अाधारशीलमा काम गरिररहेको बताए। गैरअावासीय नेपाली संघका अबका भेलाहरू लगानी केन्द्रित हुनुपर्ने उनले जनाए।

उद्घाटन सत्रमा संस्थापक अध्यक्ष डा.उपेन्द्र महताे तथा पूर्व अध्यक्ष देवमान हिराचनले पनि सम्बाेधन गरेका थिए।

प्रकाशित: २८ आश्विन २०७४ ०७:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App