८ वैशाख २०८१ शनिबार
खेल

चेल्सी रियल मड्रिडसँग स्तब्ध

क्यालिफोर्निया–स्पेनिस जायन्ट रियल मड्रिडले इङलिस प्रिमियर टोली चेल्सीलाई पराजित गरेको छ। अमेरिकामा जारी इन्टरनेशनल च्याम्पियन कप अन्तर्गतको खेलमा रियलले चेल्सीलाई ३–२ गोल अन्तरले पराजित गरेको हो। रियलको जितमा मार्सेलोले खेलको १९ र २६ औं दुई गोल तथा मारिनोको ३७ औं मिनेटको गोलबाट पहिलो हाफमा ३–० गोल अन्तरले लिएको थियो। चेल्सीकालागि हजार्डले खेलको ८० औं र ९१ औं मिनेटमा गोल गरेपनि त्यो खेलमा फर्कन प्रयाप्त भएन।

त्यस्तै अर्को खेलमा बार्सिलोनाले सेल्टीकलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । बार्सिलोनाको जितमा अर्दा त्रुआन र मुनिर अल हबाडीले समान एक एक गोल गरेका थिए भने सेल्टिकका  एमब्रोजले एक आत्मघाती गोल गरेका थिए। सेल्टिकका लिज ग्रिपित्सले खेलको ८७ औं मिनेटमा एक गोल फर्काएपनि त्यो जितका लागि प्रयाप्त भएन ।

 

प्रकाशित: १६ श्रावण २०७३ ०६:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App