coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

जिन्सी सुविधा फिर्ता गर्दै सांसद

काठमाडौं- चुनावी गठबन्धनमा व्यस्त एमाले सांसद रेवतीरमण भण्डारी हतारमा सुनसरीबाट काठमाडौं आए । संसद्को अन्तिम बैठकमा सहभागी हुन आएका उनले संसद् सचिवालयवाट पाएको सुविधा बुझाउने काम पनि  गरे । ‘रातो पासपोर्ट लिएको थिएँ, कार्यकाल सकिने भएपछि त्यो बुझाएको छु, अब थप चुनावी तयारीका लागि भोलि नै जिल्ला फर्कन्छु,’ उनले नागरिकसँग भने ।
संविधानसभा–२ का लागि निर्वाचित सभासद् रूपान्तरित संसद् भएपछि सांसद भएका थिए । सबैजसो सांसदले अन्तिम बैठकमा भाग लिने क्रममा सचिवालयबाट लिएको सुविधा बुझाउन थालेका हुन् ।
संसद् सचिवालयले पनि सांसदलाई एसएमएसमार्फत सुविधाका रूपमा प्राप्त जिन्सी र अन्य सामान बुझाउन आग्रह गरेको थियो । ‘संसद् सचिवालयबाट जिन्सीलगायतका सामान लिनुभएका माननीयज्यूहरूले स्टोरमा फिर्ता गरिदिनु हुन अनुरोध छ,’ सांसदलाई पठाइएको एसएमएसमा उल्लेख छ ।
एसएमएस पाएपछि शुक्रबार कम्तीमा २ दर्जन सांसदले सुविधा फिर्ता गरेका हुन् । सामाजिक न्याय तथा मानवअधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठले सुविधा फिर्ता गर्ने म्याद १५ दिन हुने भएकाले सोही दिनभित्र फिर्ता गर्ने जनाए । ‘संसद्को म्याद सकिएको १५ दिनसम्म बुझाउने म्याद हुन्छ, त्यो समयसीमामा नै बुझाउनेछु’ उनले भने । संसदीय समितिका सभापतिलाई एउटा गाडी सुविधा दिइएको हुन्छ ।
संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमका अनुसार संसद् सचिवालयबाट सांसदको हैसियतमा लिएको जिन्सी सुविधा बुझाउनका लागि सूचना दिइएकाले सामान फिर्ता गर्ने कार्य धमाधम भइरहेको छ । ‘सांसदज्यूहरूको कार्यकाल सकिने भएकाले यस सचिवालयवाट लिएका सुविधा र सामग्री फिर्ता गर्न भनिएको छ,’ उनले भने, ‘त्यसअनुसार सुविधा फिर्ता हँुदैछन्, केही फिर्ता भइसके, केही फिर्ता हुने क्रममा छन्् ।’ अधिकांश सांसदले सुुविधा बुझाउन सुरु गरिसकेको जनाउँदै प्रवक्ता डा. गौतमले १५ दिनमा सबै सांसद र संसदीय समितिका सभापतिबाट सुविधा फिर्ता हुने बताए ।
सांसद खतिवडाको फरक मत
व्यवस्थापिका संसद्को शुक्रबार बसेको बैठकमा सांसद रामहरि खतिवडाले सांसदहरूको अनुपस्थितिको सूचना स्वीकृत गराउने विषयमा सभामुख ओनसरी घर्तीमगरले विवरण सार्वजनिक गरेपछि त्यसमा विमति जनाएका छन् । ‘अनुपस्थितिको मात्रै होइन, संसद्मा उपस्थित भएका सांसदहरूको पनि नाम सार्वजनिक गर्नुपर्छ । संसद्मा देशका लागि कसले सबैभन्दा बढी योगदान दियो, त्यसको विवरणसमेत सार्वजनिक गर्नुपर्छ,’ उनले संसद्मा भने ।
तीन दिनमात्र संसद् बैठकमा अनुपस्थित भएको दाबी गरेका थिए ।

प्रकाशित: २८ आश्विन २०७४ ०२:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App