७ वैशाख २०८१ शुक्रबार
राजनीति

सरकार विस्तार , कमल थापा उपप्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा एक उपप्रधान सहित तीन मन्त्री र ४ राज्यमन्त्री थप्ने भएका छन्। सरकारमा राप्रपा सहभागि हुन लागेको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरुको नामावली सहितको पत्र राष्ट्रपति कार्यालयलाई पठाइसकेका छन्। जस अनुसार उपप्रधानमन्त्री कमल थापा, मन्त्रीहरुमा दिनानाथ गिरी, जयन्त चन्द, विक्रमबहादुर थापा रहेका छन्। मन्त्रीहरुको मन्त्रालय तोकिएको छैन।  प्रधानमन्त्रीले नाम सहितको पत्र राष्ट्रपति कार्यालयमा बुझाए पनि सपथ कार्यक्रम अहिले तय नभएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले बताए।  

प्रकाशित: २७ आश्विन २०७४ १२:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App