७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

अमेरिका र इजरायल युनेस्कोबाट बाहिरिए

इजरायल –अमेरिकाकाले संयुक्त राष्ट्रसंघ निकट संस्था युनेस्कोबाट बाहिरिने घोषणा गरेको केही समय पश्चात् इजरायल पनि युनेस्कोबाट बाहिरिने घोषणा गरेका छ।

युनेस्को संयुक्त राष्ट्रसंघको सांस्कृतिक संस्थाको रूपमा चिनिन्छ । इजरायल सरकारले युनेस्कोबाट हट्नका लागि आवश्यक प्रक्रियामा जानका लागि प्रक्रिया थाल्न विदेश मन्त्रालयलाई निर्देशन दिएको छ।

अमेरिकाले अन्तर्राष्ट्रिय संस्थाको रूपमा युनेस्कोले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएको थियो। युनेस्को इजरायल विरोधी भएको समेत अमेरिकाले आरोप लगाएको थियो ।

युनेस्कोमा आबद्ध हुनुले  देशलाई थप आर्थिक बोझ थपिने भएकाले इजरायल सरकारले यसबाट हट्ने घोषणा गरेको हो । अमेरिकाले युनेस्कोबाट बाहिरिएको घोषणा गरेलगतै इजरायल सरकारले एक विज्ञप्ती जारी गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विश्वका एक बहादुर शासक भन्दै प्रशंसा गरेको छ।

युनेस्कोबाट बाहिरिनुलाई इजरायलले अमेरिकालाई नैतिकताको संज्ञा दिएका छन्।

 

प्रकाशित: २७ आश्विन २०७४ ११:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App