८ वैशाख २०८१ शनिबार
खेल

म्याच फिक्सिङ अनुसन्धानका लागि नेपाल प्रहरी सम्मानित

काठमाडौं— एशियन फुटबल कन्फेडेरेसन (एएफसी) ले फुटबल म्याच फिक्सिङको अनुसन्धानमा पुर्‍याएको योगदानका लागि नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखालाई सम्मानित गरेको छ। शुक्रबार मलेसियाको क्वालालम्पुरमा आयोजित एक समारोहमा म्याच फिक्सिङ अनुसन्धानको नेतृत्व गरेका महानगरीय अपराध महाशाखाका तत्कालीन प्रमुख डिआईजी सर्वेन्द्र खनाल र डिएसपी सुदीपराज पाठकलाई एएफसीका महासचवि डाडो विन्डसोरजोनले सम्मानित गरेका हुन्।

औपचारिक कार्यक्रममा नेपाल प्रहरीलाई धन्यवाद दिँदै महासचिव विन्डसोरजोन भने, ‘नेपाल प्रहरीसँगको सहकार्य र प्राप्त नतिजाले एशियाली फुटबल जगतलाई अनुशासित राख्न महत्वपूर्ण काम भएको छ। हामी अधिकारी, प्रहरी र नेपाल सरकारबाट निरन्तर यस्तो सहयोगको अपेक्षा राख्दछौं।’

नेपाल प्रहरीको अनुसन्धानमा म्याचफिक्सिङमा संलग्न भएको पाइएपछि एएफसीले २०७२ असोजमा चार नेपाली खेलाडी र एक सहायक प्रशिक्षकलाई आजीवन प्रतिबन्ध लगाएको थियो। तत्कालीन नेपाली फुटबल टोलीका स्टार खेलाडीहरु सागर थापा, विकास क्षेत्री, सन्दीप राई, रितेश थापा तथा सहायक प्रशिक्षक अन्जन केसीलाई प्रहरीले पक्राउ गरेको थियो।

नेपाल प्रहरी, एएफसीले साझेदारी स्पोर्टट्रेडर तथा युनियन अफ युरोपियन फुटबल एशोसिएशन (युईएफए) ले एक वर्षसम्म म्याच फिक्सिङबारे अनुसन्धान गरेका थिए।
म्याच फिक्सिङ प्रकरणको अनुसन्धानमा तत्कालीन अपराध अनुसन्धान महाशाखाका एसएसपी खनाल (हाल डिआईजी) तथा इन्स्पेक्टर पाठक (हाल डिएसपी)ले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

औपचारिक कार्यक्रममा नेपाल प्रहरीलाई धन्यवाद दिँदै महासचिव विन्डसोरजोन भने, ‘नेपाल प्रहरीसँगको सहकार्य र प्राप्त नतिजाले एशियाली फुटबल जगतलाई अनुशासित राख्न महत्वपूर्ण काम भएको छ। हामी अधिकारी, प्रहरी र नेपाल सरकारबाट निरन्तर यस्तो सहयोगको अपेक्षा राख्दछौं।’

म्याच फिक्सिङको कार्यलाई नेपाल सरकारले अपराधको सूचिमा पारेकोप्रति उनले खुशी व्यक्त गरे। ‘यो खेल जगतलाई नै एउटा पाठ सिकाउने महत्पपूर्ण कदम हो। यसबाट अन्य मुलुकपनि प्रेरीत हुनेछन् मैले आशा राखेको छुु’, महासचिव जोनले भने।

म्याच फिक्सिङमा संलग्न खेलाडीले खेलेको खेलको नतिजा, उनीहरूको सम्पर्कमा रहेका विदेशी नागरिक र उनीहरूको पृष्ठभूमि, खेलाडीको आर्थिक गतिविधि र आम्दानीको स्रोत तथा उनीहरूको नाममा विदेशबाट आएको रकमको विवरण पत्ता लगाउँदै नेपाल प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो। अनुसन्धान पुष्टि भएपछि एएफसीले उनीहरुमाथि आजीवन प्रतिबन्ध लगाएको थियो।

 

प्रकाशित: २७ आश्विन २०७४ ०९:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App