७ वैशाख २०८१ शुक्रबार
खेल

नेपाल हङकङसँग पराजित

काठमाडौं—आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीपमा नेपाल हङकङसँग पराजित भएको छ। टस जितेर फिल्डिङ रोजेको नेपाली टोली हङकङको घरेलु मैदानमा ८३ रनले पराजित भयो। पहिला ब्याटिङ गर्दै हङकङले १९४ रन बनाएको थियो।

१९५ रनको लक्ष्य पछ्‌याउन मैदानमा उत्रिएको नेपाल ३५ औं ओभरमा १११ रन बनाउँदा अलआउट हुन पुग्यो। नेपालका लागि कप्तान पारस खड्काले २६, उपकप्तान ज्ञानेन्द्र मल्लले २१ र आरिफ शेख, विनोद भण्डारी १८ बाहेक अरुले उल्लेख्य रन बनाउन सकेनन्। सोमपाल कामी ११ रन बनाएर आउट भए। अन्य खेलाडीहरुले राम्रो रन बनाउन सकेनन्।

पहिलो खेल खेलिरहेका सुजन भारीले एलबी डब्लुको धरापमा पार्नु अघि हङकङका जेमी एट्किन्सनले ७६ रन बनाएका थिए। तनवीर अजफल ३८ रन बनाएर हङकङको योगफललाई १९४ सम्म पुर्‍याएका थिए।

नेपालका सन्दीप लामिछाने तीन विकेट लिए। करन केसी र बसन्त रेग्मीले दुई विकेट लिए। सुजन भारीले १ विकेट लिए भने दीपेन्द्र ऐरीले एक जनालाई रनआउट गरे।

प्रकाशित: २७ आश्विन २०७४ ०८:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App