६ वैशाख २०८१ बिहीबार
कला

‘गङ्गेश्वरी जागरण पुरस्कार’ यज्ञनिधिलाई

काठमाडौं– ‘गङ्गेश्वरी प्रतिष्ठान’ले प्रदान गर्ने ‘गङ्गेश्वरी जागरण पुरस्कार २०७४’ वरिष्ठ सञ्चारकर्मी तथा साहित्यकार दाहाल यज्ञनिधिलाई प्रदान गरिने भएको छ । दस हजार राशि रहेको यो पुरस्कार समाजमा रहेका जातीय, धार्मिक, लैंगिक, कूसंस्कार र विभेदहरूविरुद्ध अभियान चलाउँदै आएका दाहाललाई उक्त पुरस्कार दिने लागिएको हो ।
साहित्यकार डा. रामप्रसाद ज्ञवाली संयोजक र साहित्यकार डा. देवी नेपाल, साहित्यकार धीरकुमार श्रेष्ठ, अधिवक्ता कमल प्रसाद पोखरेल र बाल साहित्यकार आनन्दतिवारी सदस्य रहेको प्रतिभा छनोट समितिले यज्ञनिधिलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
यज्ञनिधिले प्रजातन्त्रकालमामात्र नभएर पञ्चायतकालमा पनि जनविरोधी सत्ता र भेदभावमुखी कुरुपताविरुद्ध साहसपूर्ण अभियान चलाएका थिए ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिका, ठूलापोखरा निवासी समाजसेवी दम्पत्ती गङ्गादेवी पाण्डे र ईश्वरीप्रसाद पाण्डेको सम्झनामा स्थापित गङ्गेश्वरी प्रतिष्ठान समाज सेवाका साथै समाजमा प्रचलित कूप्रथा, कूरीति, कुसंस्कार र अन्धविश्वासविरुद्धको अभिायानमा समर्पित संस्था हो ।

 

प्रकाशित: २७ आश्विन २०७४ ०६:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App