८ वैशाख २०८१ शनिबार
अर्थ

खुम्बुमा पर्यटकको चापले दैनिक सय बढी उडान

खुम्बुमा उकालो लाग्दै गरेका पर्यटक। तस्विरः राधा ढुंगाना

सोलुखुम्बु— सोलुखुम्बुको लुक्ला विमानस्थलमा हवाई उडानमा चाप बढेको छ। खुम्बु भ्रमण गर्न आउने पर्यटकहरुको चाप बढेसँगै जहाज र हेलिकोप्टर कम्पनीहरुले दैनिक एक सय भन्दा बढी उडान गरिरहेको लुक्ला विमानस्थलका म्यानेजर योगेन्द्र कुँवरले बताए। ‘पर्यटकीय सिजन सुरु भएसँगै अक्टोबरदेखि पर्यटकको चाप बढेको छ’, उनले भने।

लुक्लाका होटल व्यवसायी तोया श्रेष्ठ भन्छन्, ‘अक्टोबर सुरु भएपछि पर्यटकहरुको चाप अत्याधिक छ। पाहुनाको स्वागत गर्नै भ्याइनभ्याई छ।’ सुरुवातमै पर्यटकको आगमन राम्रो भएकाले होटल व्यवसायी उत्साही छन्।

लुक्ला विमानस्थलमा तारा एयर, समिट एयर, सीता एयरलाइन्सले र हेलीकोप्टरहरुले उडान भर्ने गरेका छन्। पर्यटकको चाप बढेसँगै लुक्लामा तारा एयरलाईन्सले उडान संख्या बढाएको छ। पर्यटक आउने मध्य सिजन भएकाले हवाई उडानमा चाप बढेको एयरलाइन्स कम्पनीहरु बताउँछन्। अन्य समयमा भन्दा यो सिजनमा लुक्ला विमानस्थल व्ययस्त बन्ने गरेको ताराका लुक्लाका इन्चार्ज फुनुरु शेर्पाले बताए।

काठमाडौबाट लुक्ला विमानस्थलमा अहिले दैनिक रुपमा ५ सय देखि ७  सयको हाराहारीमा पर्यटकहरु ओर्लिने गरेका छन्। पर्यटकहरुको चाप बढेसँगै खुम्बुका होटलहरु भरीभराउ भएका छन्। लुक्लाका होटल व्यवसायी तोया श्रेष्ठ भन्छन्, ‘अक्टोबर सुरु भएपछि पर्यटकहरुको चाप अत्याधिक छ। पाहुनाको स्वागत गर्नै भ्याइनभ्याई छ।’ सुरुवातमै पर्यटकको आगमन राम्रो भएकाले होटल व्यवसायी उत्साही छन्।

अधकिांश पर्यटक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल हुँदै तेन्जिङ हिलारी विमान स्थल लुक्ला आउँछन्। कतिपय पर्यटक पैदलबाट फाप्लु हुँदै नाम्चे पुगेका छन्। भदौको अन्तिम सातादेखि नै पर्यटकहरु खुम्बु प्रवेश गर्न थालेका हुन्। सिजन सुरु भएसँगै खुम्बु फर्किएका व्यवसायीहरु पर्यटकको चाप बढेपछि व्यस्त बनेका छन्। पर्यटकको संख्या बढेसँगै सुरक्षालाई मजबुद बनाउन थप १० जना प्रहरी गस्तीमा खटाइएको ईलाका प्रहरी कार्यलय नाम्चेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए। ‘पर्यटन प्रहरीको संख्या कम छ, पर्यटकको चाप धेरै भएपछि हामीले शंकास्पद स्थलहरुमा प्रहरीहरुलाई खटाएका छौं’, उनले भने।   

वर्षायाम सकिएसंगै भदौको मध्यदेखि कात्तिक महिनाभर खुम्बुमा पर्यटकको बाक्लो उपस्थिति हुने गर्दछ। पर्यटक नआउने महिना असार÷साउनमा अन्य क्षेत्रमा गएका खुम्बुका व्यवसायी समेत फर्किएकाले अहिले खुम्बुमा चहलपहल बढेको छ। सुन्दर हिमश्रृङ्खला देखिने यो मौसममा अल्टिच्युट सिकनेस कम हुने स्थानीयो भनाइ छ।

प्रकाशित: २७ आश्विन २०७४ ०६:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App